Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

बहुदरमाईका ८७ सहित थप ११७ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे ८७ जनासहित थप एक सय १७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा ३५ महिलासहित एक सय १७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित हुनेहरुमध्ये वीरगंज महानगरपालिकाकाे वडा ५, १०, १२, १५, १६ तथा २५ का ९ जना, नारायणी वयोधा अस्पतालमा कार्यरत २ जना, जिराभवानी गाउँपालिका वडा नं २ का ३ जना र वडा नं ३ का १ जना गरि ४ जना रहेका छन् ।

यस्तै बहुदरमाई नगरपालिकाका १९ महिलासहित थप ८७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाकाे वडा नं. २ का १५ जना, वडा नं. ३ का ४ जना, वडा नं. ५ का ६५ जना, वडा नं. ६ का एक जना र वडा नं. ९ का २ जनामा संक्रमण फेला परेकाे नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेती जानकारी दिए ।

३ सय ३७ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षण गराउदा ८७ जनाकाे रिपाेट काेराेना पाेजिटिभ आएकाे संयाेजक उप्रेतीले जानकारी गराए । संक्रमण पुष्टि हुनेमा एक जना स्वास्थ्यकर्मीसमेत रहेकाे उनले जनाए ।

 भारतीय महाबणिज्य दूतावासका एक महिला कर्मचारीमा पनि काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

संक्रमित हुनेमा छिपहरमाई वडा नं. ५ का पनि एक जना रहेका छन् । संक्रमण पुष्टि हुनेहरु ७ बर्ष देखि ७० बर्ष उमेर समूहका रहेका छन् । याैसंगै पर्सामा संक्रमितको संख्या १ हजार ५ सय ८९ पुगेको छ ।

यस्तै नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराका ८ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा श्री चण्डीनाथ गणका नेपाली सेना ४ जना, कलैया उप-महानगरपालिका वडा नं. १ का १ जना, जितपुरसिमरा नगरपालिकाका २ जना तथा प्रसौनी गाऊँपालिका २ का १ जना रहेका छन ।

त्यसैगरी सप्तरी जिल्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयाेगशालाले जनाएकाे छ ।

पर्साको ग्रामीण भेगका पालिकाहरुमा पनि पिसिआर परीक्षणको दायरा बढाएसँगै वीरगंज महानगरपालिका बाहेकका अन्य पालिकाहरुमा पनि संक्रमण पुष्टि हुनेको संख्यामा बृद्धि भएको हो ।

मंगलबार राति अबेरसम्म आएको पिसिआर रिपोर्ट अनुसार सबै भन्दा बढी बहुदरमाई नगरपालिकाकाे नागरिकहरुमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने १ सय १७ जना मध्ये ८७ जना बहुदरमाई नगरपालिकाकाे मात्रै रहेका छन् भने बाँकी वीरगंज महानगरपालिका लगायत बारा जिल्लाका रहेका छन् ।

यस अघि मंगलबार पनि बहुदरमाई नगरपालिकाकाे एक वडाध्यक्षसहित २५ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...