Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार खड्कालाई प्रदान

spot_img
spot_img
वीरगंज । वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको सुबोध फोटो पत्रकारिता पुरस्कार यस वर्ष मध्यनेपाल दैनिकको कविता खडकालाई प्रदान गरिएकाे छ ।
 
पत्रिकाका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले २५ हजार रुपिया“ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
 
कोरोना सङ्क्रमण बेला भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई विसङ्क्रिमत गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा वार्षिकोत्सव कार्यक्रम पत्रिकाको कार्यालयमा आयोजना गरिएको प्रधान सम्पादक शर्माले बताउनुभयो ।
 
वहा“ले यसपटक कोरोनाको महामारीको समयमा जोखिम मोल लिएर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्ष्ाँकर्मी तथा सञ्चारकर्मीलाई तत् क्ष्ँेत्रको प्रतिनिधिको रूपमा सम्मानित गरिएको बताउनुभयो । यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनि इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको थियो ।
 
वार्षिकोत्सवमा टोलमा सरसफाई गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
 
यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गर्नुभएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...