Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

जगरनाथपुरका स्वास्थ्य संयाेजकसहित १५ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गाउँपालिका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहसहित १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

आइतबार सांझ प्राप्त रिपाेट अनुसार ५ जना स्वास्थ्यकर्मीसहित १५ जनामा काेराेना पाेजिटिभ देखिएकाे छ । गाउँपालिका कार्यालयका दिपेन्द्र चाैधरीका अनुसार संक्रमित हुनेहरुमा एक जना महिला पनि रहेका छन् । संक्रमितहरु १४ बर्ष देखी ५१ बर्ष सम्मका रहेका छन् ।

एक जना शिक्षक पनि काेराेना संक्रमित भएका छन् । अन्य संक्रमितहरु गाउँपालिकाकाे क्वारेन्टाइनमा बसेका वडा नं. ३ र ४ का रहेका छन् । 

काेराेना परिक्षणकाे लागि साउन २६ गते मंगलबार ४२ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाइएकाे थियाे । नारायणी अस्पतालकाे प्रयाेगशाला पिसिआर किट अभाव भएपछि अस्पतालले संकलित स्वाबकाे नमुना काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्यकाे प्रयाेगशालामा पठाएकाे थियाे ।

७ दिनपछि प्राप्त रिपाेटमा ४२ जना मध्येे १५ जनाकाे काेराेना पाेजिटिभ देखिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक साहले जानकारी गराए । आफुसहित संक्रमित हुनेहरुमा कुनै किसिमकाे लक्षण नरहेकाे उनले जानकारी गराए ।  

संक्रमित सबै जनालाई गाउँपालिका मै सेमि आइसाेलेसन निर्माण गरि राख्ने तयारी भइरहेकाे गाउँपालिका अध्यक्ष जालिम मियाँले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...