Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पाेखरियाका मेयर, डाक्टर र पत्रकारसहित थप ३३ जना काेराेना संक्रमित

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारसहित ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मेयर राैनियारसहित ३३ जना काेराेना संक्रमित भएकाे नगरपालिकाकी उपमेयर सलमा खातुनले वताइन ।

साउन २६ गते मेयर राैनियारसहित ३४ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि पठाउदा आइतबार सांझ ३३ जनाकाे रिपाेर्ट काेराेना पाेजिटिभ आएकाे उनले जानकारी गराइन । जस मध्ये ८ जना महिला संक्रमित पनि रहेका छन् ।

काेराेना संक्रमीत हुनेमा मेयर राैनियार, वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन् ।  

संक्रमित हुनेमा पाेखरियाका एक जना पत्रकारपनि रहेका छन् । पाेखरिया एफएममा कार्यरत संचारकर्मी सैलेश साह कानुपनि काेराेना संक्रमित भएका हुन् ।

यस्तै मेयर राैनियारका परिवारका सबै सदस्यसहित स्वकिय सचिव राजु राैनियार र गाडीका चालक पनि काेराेना संक्रमित भएका छन् । मेयर राैनियारलाई ज्वाराे र खाेकी लागेपछि उनी आफुसहित आफ्नाे परिवारकाे सबै जनाकाे काेराेना परिक्षणकाे लागि स्वाब संकलन गराएका थिए ।

७ दिनपछि प्राप्त रिपाेर्ट सबै जनाकाे काेराेना पाेजिटिभ आएपनि मेयर राैनियारकाे ज्वाराे र खाेकी निकाे भइसकेकाे छ । स्वाब दिएकाे दिनदेखी उनी आफ्नाे सम्पूर्ण परिवारसहित हाेम आइसाेलेसनमा बस्दै आएका थिए । काेराेना रिपाेर्ट पाेजिटिभ आएपनि आफ्नाे स्वास्थ्य अवस्था ठिक रहेकाे मेयर राैनियारले कालिका टाईम्ससंग कुरा गर्दै वताए ।

यस्तै मेयरसंगै काेराेना परिक्षणका लागि पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यादव पनि स्वाब दिएका थिए । जुन बेला उनलाई पनि ज्वराे र खाेकी जस्ताे समस्या थियाे । तर अहिले ज्वराे र खाेकी निकाे भइसकेकाे मेसु यादवले वताए ।

पाेखरिया अस्पतालका ४ डाक्टर, ३ नर्ससहित १० जना स्वास्थ्यकर्मी काेराेना संक्रमित भएपछि पाेखरिया अस्पतालकाे सेवा प्रभावित हुने देखिएकाे छ । अस्पतालका ७ डाक्टर मध्ये मेसुसहित ४ डाक्टर र ४ नर्स मध्ये ३ नर्स संक्रमित भएपछि पाेखरिया अस्पतालका आकास्मिक वाहेकका प्रसुती लगायतका सम्पूर्ण सेवा बन्द हुने बुझिएकाे छ । 

आइतबार विहान मात्र पाेखरिया नगरपालिकाका ३ वडाध्यक्षसहित १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । यसअघि संक्रमित भएका एक वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य २ स्वास्थ्यकर्मी काेराेना संक्रमित भइ आइसाेलेसनमा छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...