Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

काेराेना मुक्त भई डिस्चार्ज भएका व्यक्तिकाे ४ घण्टा मै मृत्यु

spot_img
spot_img

वीरगन्ज । कोरोना भाइरस (काेभिड १९) संक्रमण निकाे भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा मै वीरगन्जमा एक जनाको शंकास्पद मृत्यु भएको छ । 

वीरगन्ज हेल्थ केयर भाेभिड अस्पतालबाट शनिबार कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको मृत्यु भएको हो । 

नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । काेराेना रिपाेर्ट नगेटिभ आएपनि उनकाे स्वास्थ्यमा समस्या रहेकाेले शनिबार सांझ ७ बजे वीरगंज स्थित वयाेधा अस्पतालमा भर्ना गरिएकाे थियाे । वयाेधा अस्पतालले आइसियु कक्षमा राखेर उपचार गर्ने क्रममा शनिबार राति ११ बजे उनकाे मृत्यु भएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

अस्पताल स्राेतका अनुसार काेराेना रिपाेर्ट नगेटिभ आएपनि मृतकमा काेराेनाकाे सम्पूर्ण लक्षण रहेकाे थियाे । 

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले कलवारलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले कलवारलाई कोभिड अस्पतालबाट डिस्चार्ज भएपछि वीरगन्जमै रहेको नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए । 

नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमा परिवारजनकाे शंका उत्पन्न भएको छ । 

मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका थिए । तर पछि मृतकका आफन्तहरु शव बुझेर लगेकाे वयाेधा अस्पतालले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...