Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पाेखरियाका ३ वडाध्यक्ष, पत्रकारसहित थप ४७ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पाेखरिया नगरपालिका ३ वडाध्यक्ष र एक पत्रकारसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमितहरु ८ वर्षको बालकदेखि ७० वर्षकी बृद्ध महिला सम्म रहेका छन् । शनिबार राती गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जनासहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा पाेखरिया नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष नन्दलाल प्रसाद, वडा नं. ९ का वडाध्यक्ष रामबाबु चाैहान र वडा नं. १० का वडाध्यक्ष साेनालाल साह गाेढसहित १२ जना रहेका छन् । पाेखरिया नगरपालिकाकाे वडा नं. १ काे ४६ बर्षिय पुरुष,  वडा नं. ४ का २३, २७, ६०, ८, ५५ बर्षिय पुरुष र ३० बर्षिय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

यस्तै पाेखरिया नगरपालिकाकाे वडा नं. ७ रानिगंजकी २८ बर्षिय महिला, ३७ बर्षिय पुरुष (वडाध्यक्ष), वडा नं. ९ का १८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष वडाध्यक्ष र  वडा नं. १० का ४८ बर्षिय पुरुष (वडाध्यक्ष) मा संक्रमण फेला परेकाे छ ।

साउन ३० गते ४८ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि पाठएकाे थियाे । नारायणी अस्पताबाट आज प्राप्त रिपाेर्टमा १२ जनामा काेराेना पाेजिटिभ देखिएकाे पाेखरिया अस्पतालका मेडकल सुपरिटेन्डेन्ट डा अनिल यादवले वताए संक्रमितहरुलाई पाेखरिया अस्पताल कै आइसाेलेसनमा राख्ने तयारी भइरहेकाे उनले जानकारी गराए ।

यस अघिपनि पाेखरिया नगरपालिकाका एक वडाध्यक्षसहित ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

यस्तै संक्रमित हुनेमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभि न्युज टिभीका १ जना पर्सा सम्वाददाता (पत्रकार), प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

संक्रमित पत्रकार राजन राैनियारलाई वीरगंज हेल्थ केयर काेराेना अस्पतालमा उपचारकाे लागि भर्नासमेत भएका छन् । 

त्यसैगरी संक्रमित हुनेमा वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना र बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ बर्षका १ जना पुरुष रहेका छन् ।

बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय एक पुरुष र कलैया वडा नं. १ का ६० बर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...