वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पाेखरिया नगरपालिका ३ वडाध्यक्ष र एक पत्रकारसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमितहरु ८ वर्षको बालकदेखि ७० वर्षकी बृद्ध महिला सम्म रहेका छन् । शनिबार राती गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जनासहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा पाेखरिया नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष नन्दलाल प्रसाद, वडा नं. ९ का वडाध्यक्ष रामबाबु चाैहान र वडा नं. १० का वडाध्यक्ष साेनालाल साह गाेढसहित १२ जना रहेका छन् । पाेखरिया नगरपालिकाकाे वडा नं. १ काे ४६ बर्षिय पुरुष, वडा नं. ४ का २३, २७, ६०, ८, ५५ बर्षिय पुरुष र ३० बर्षिय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यस्तै पाेखरिया नगरपालिकाकाे वडा नं. ७ रानिगंजकी २८ बर्षिय महिला, ३७ बर्षिय पुरुष (वडाध्यक्ष), वडा नं. ९ का १८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष वडाध्यक्ष र वडा नं. १० का ४८ बर्षिय पुरुष (वडाध्यक्ष) मा संक्रमण फेला परेकाे छ ।
साउन ३० गते ४८ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि पाठएकाे थियाे । नारायणी अस्पताबाट आज प्राप्त रिपाेर्टमा १२ जनामा काेराेना पाेजिटिभ देखिएकाे पाेखरिया अस्पतालका मेडकल सुपरिटेन्डेन्ट डा अनिल यादवले वताए संक्रमितहरुलाई पाेखरिया अस्पताल कै आइसाेलेसनमा राख्ने तयारी भइरहेकाे उनले जानकारी गराए ।
यस अघिपनि पाेखरिया नगरपालिकाका एक वडाध्यक्षसहित ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
यस्तै संक्रमित हुनेमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभि न्युज टिभीका १ जना पर्सा सम्वाददाता (पत्रकार), प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।
संक्रमित पत्रकार राजन राैनियारलाई वीरगंज हेल्थ केयर काेराेना अस्पतालमा उपचारकाे लागि भर्नासमेत भएका छन् ।
त्यसैगरी संक्रमित हुनेमा वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना र बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ बर्षका १ जना पुरुष रहेका छन् ।
बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय एक पुरुष र कलैया वडा नं. १ का ६० बर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएकाे छ ।