वीरगन्ज । पर्सामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको गण्डक काेराेना अस्पतालमा उपचारकाे क्रममा शुक्रबार बेलुका मृत्यु भएको अस्पतालका संयाेजक डा उदय नारायण सिंहले जानकारी दिए ।
मृतक वृद्धको पिसिआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएएपछि उनी नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए । विगत ६ दिनदेखि उपचाररत उनको शुक्रबार बेलुकी मृत्यु भएको संयाेजक डा सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । साउनमा मात्रै २२ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ जना रहेका छन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।