Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

प्रमुख प्रशासकिय अधिकृत साहकाे सम्मान र बाजागाजासहित बिदाई

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहकाे शुक्रबार बाजागाजासहित भव्य बिदाई गरिएकाे छ । प्रशासकिय अधिकृत साहकाे दाेलखाकाे सैलुङ्ग गाउँपालिकामा सरुवा भएपछि आज बिदाई गरिएकाे हाे ।

साहले गाउँपालिकाकाे चाैतर्फी बिकासमा कुशल प्रशासकिय अधिकृतकाे भुमिका निर्वाह गरेकाे भन्दै स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबलेसमेत सम्मानसहित बिदाई गरेकाे छ । संस्थाले कालिकामाई गाउँपालिकाकाे वडा नं.२ गदियानीस्थित रहेकाे आफ्नाे प्रधान कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी प्रशासकिय अधिकृत साहलाई सम्मान गर्दै बिदाई गरेकाे हाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष छठु साहले प्रशासकिय अधिकृत साहलाई दाेसला ओढाएर सम्मान पत्रले सम्मान गरे । उनले प्रशासकिय अधिकृत साहकाे कार्यकाल अहिले सम्म कै प्रशासकिय अधिकृतहरु मध्ये उत्कृष्ट भएकाे वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्षसमेत रहेका साहले अव्यवस्थित रहेकाे कालिकामाई गाउँपालिकालाई प्रशासकिय अधिकृत साहले आफ्नाे कार्यकालमा व्यवस्थित बनाउन सफल भएकाे वताए । अधिकृत साहका कारण कालिकामाई गाउँपालिका विकास निर्माणमा गति लिएकाे वताउदै साहले प्रशासकिय अधिकृत साहकाे कार्यकाल समग्रमा राम्राे र सराहनिय रहेकाे वताए । 

प्रशासकिय अधिकृत साहले गाउँपालिकाकाे युवा, बुद्धिजिवि, गैर सरकारी संस्था लगायतकाे समन्वय र सहकार्यमा काम गरेकाे वताए । आफ्नाे कार्यकालमा यहाँका सबै बर्गबाट पाएकाे सहयाेग र सहकार्यका लागि अभार पर्कटसमेत गरे ।

कार्यक्रममा वडाध्यक्षद्वय पवन तिवारी, हरिओम साह कलवार, ब्रिलिएन्ट युवा क्लबका पूर्व अध्यक्ष सुरज राम, काेषाध्यक्ष सदाम हुसेन लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन सदस्य शम्भु कुमार सुमनले गरेका थिए । 

कालिकामाई गाउँपालिकाले आयाेजना गरेकाे बिदाई कार्यक्रम । तस्बिर : कालिकामाई गाउँपालिकाकाे फेसबुकबाट

यस्तै कालिकामाई गाउँपालिकाले पनि अधिकृत साहकाे बाजागाजासहित भव्य रुपमा बिदाई गरेकाे छ । गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुर बिर्तामा भएकाे कार्यक्रममा जनप्रतिनिधिहरुकाे उनकाेक कामकाे प्रशंसा गर्दै बिदाई गरेका हुन् ।

पौराणिक महत्वको खुर्दुक सहनाई बजाएर अधिकृत साहकाे बिदाई गरिएकाे छ । धुमधामका साथ विदाई कार्यक्रम आयोजन भएपनि त्याहा उपस्थित जनप्रतिनिधी, कर्मचारी र स्थानिय जनताको आंखा रसाएको थियो । आमनागरिक देखी जनप्रतिनिधी र कर्मचारीहरु आफुबीचबाट एक कुशल कार्यालय प्रमुख विदाई भइरहेकोले दुखी हुदै केही बेर भावविहल बनेका थिए ।

गाउँपालिका अध्यक्ष नथुनि प्रसाद कुशवाहा पनि मन्तव्य राख्ने क्रममा भावहिल भएका थिए । उनकाे आँखा रसाएपछि बाेल्न सकेका थिएनन् ।

दुई वर्ष अगाडी लाथलिं अवस्थामा रहेको कालिकामाई गाउँपालिकाको कार्यालयलाई आफनो १६ महिने कार्यकालमा साहले व्यवस्थित बनाउदै सेवा प्रवाह सहज गरेको र दैनिक कार्यालयमा उपस्थित हुने गरेको कारण स्थानिय सेवाग्रही उनीसंग राम्ररी घुलमिल भएका थिए ।

कतिपय पालिकामा कर्मचारी जनप्रनिधी बीच जुहारी चली रहेको अवस्थामा कालिकामाईका जनप्रतिनिधी र आम नागरिक भने राजु साहको विदाई हुदा भावविहल हुनु पक्कैपनि उनको क्षमताको उदाहरणको रुपमा रहेकाे देखियाे । 

युवा जोश जागर भएका साह सुरुवाती दिनमा धेरै मेहनत गरि गाउँपलिकाका सम्पुर्ण सेवाहरु व्यवस्थीत गरि नागरिकलाई छिटो र सहज सेवा प्रवाहको व्यवस्था बनाउने, योजना, बजेट संचालनको क्रममा कठोरता र पारदर्शीता अपनाई काम गरेका थिए ।

कालिकामाई गाउँपालिकामा अधिकृत साहकाे कामकाजकाे चाैतर्फी प्रशंसा भएकाे छ । उनले कालिकामाईमा आएदेखी अव्यवस्थित रहेकाे गाउँपालिका कार्यालयलाई व्यवस्थित बनाएका छन्  । उनकाे सरुवाले कालिकामाईमा गति लिएकाे बिकास निर्माणमा अवराेध पुग्ने सक्नेसमेत अशंका गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खेतमा पानी पुगेपछि किसान खुसी

जनकपुरधाम ।  खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् । लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत...

बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै

धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्‍याउँदै छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार...

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...