Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नेता तिवारीकाे रिहाईकाे माग गर्दै नेवि संघद्वारा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । निजि अस्पतालले कोरोना संक्रमणको नाममा उपचार नगरेका कारण ज्यान गुमाएका परिवारलाई उचित क्षतिपुर्ती र न्याय दिलाउँन काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले बिहिबार पनि वीरगन्जमा प्रर्दशन गरेको छ । वीरगन्जको घण्टाघर चोकमा भेला भएका नेवि संघका नेता तथा कार्यकर्ताहरुले निजि अस्पतालको लापरवाहीले ज्यान गुमाएका पिडित परिवारलाई न्याय दिनुपर्ने माँग गरेका छन ।

निषेधाज्ञा उल्घंन गर्दै प्रदर्शनमा उत्रेका नेवि संघले प्रहरी नियन्त्रणमा रहेका आफ्नाे संगठनका नेता विकास तिवारीलाई रिहा गर्न माग समेत गरेका छ । 

तिवारीलाई विना सर्त रिहाईको माँग गर्दै नेवि संघका नेता तथा कार्यकर्ताहरुले शान्तिपूर्ण प्रर्दशन गरेका हुन । हाम्रो आवाज दबाउँनको लागि प्रहरीले ठूलो मुद्दा लगाएर फसाउँन खोजेको नेवि संघ पर्साका पूर्व सभापती राकेश यादवले आरोप लगाए । यो भन्दा पहिला पनि तिवारीलाई तीन पटक साईबर क्राईम गरेको झुठो आरोपमा पक्राउ गर्दै छाडेको छ ।

कोरोना भाईरसको नाममा यहाँका निजि अस्पतालले विरामीहरुको उपचार गर्न छाडेका छन । विरामीहरु उपचार गराउँन जाँदा उपचार नै नगरी अस्पतालमा प्रवेश गर्न नदिएपछि कतिजनाले उपचार नपाउँदा अकालमै ज्यान गुमाएका छन । हालसम्म पर्सामा ७ जना उपचारको अभावमा ज्यान गुमाएपनि स्थानिय प्रशासनले कारवाहीको लागि कुनै ठोस कदम नचालेपनि बाध्य भएर जनताको आवाज उठाउँदै नेवि संघ सडकमा उत्रेका हुन ।

उनीहरुले नारायणी अस्पताललाई कोभिड मुक्त अस्पताल घोषणा गरी जेनरल सेवा सुविधा सहित जनताको लागि खुल्ला गर्नुपर्ने, अस्पतालले भर्ना नगर्दा उपचारको अभावमा ज्यान गुमाएका पिडित परिवारलाई न्याय तथा उचित क्षतिपुर्ती दिनुपर्ने र दोषी अस्पतालहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माँग अघि सारेका छन ।

त्यसैगरी कोरोनाले गर्दा जारी निषेधाज्ञाले गर्दा खाई कमाई गर्न नसकेका गरिब जनतालाई राहतको व्यवस्था हुनुपर्ने र कोरोनाको भयावह स्थितीलाई समान्य बनाउँन उचित स्वास्थ्य सामाग्री, चिकित्सक सेवा सुविधाको यथासिघ्र व्यवस्था मिलाउँनु पर्ने माँग गर्दै आन्दोलनमा उत्रेका हुन ।

गत सोमबार पहिलो चरणको शान्तिपूर्ण रुपमा यी माँगहरु राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँन जाँदा प्रजिअले ज्ञापन बुझन नमानेपछि जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना दिदा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गर्दै तीनजना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आन्दोलनमा सहभागि नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारी, उपाध्यक्ष शेष हजरा र ठाराब ईकाई अध्यक्ष मनोज साहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि चौतर्फी विरोध हुन थालेपछि पक्राउ परेकै दिन राती ११ बजे विना सर्त रिहा गरेका थिए ।

संक्रमणको नाममा आम सर्वसाधारण जनता उपचार सेवा नै बन्चित हुन थालेको र उपचार नै नगरेपछि अकालमै ज्यान गुमाएपनि यहाँका सम्बन्धीत निकायले पहल नगरेपछि बाध्य भएर जनताको अधिकारलाई सम्बोधन गराउँन तिवारी नेतृत्वको नेवि संघ सडकमा उत्रेका थिए ।

नेवि संघ ठाकुर राम इकाइ समितिका सभापति मनाेज साहकाे अध्यक्षतामा भएकाे बिराेध प्रदर्शनमा नेवि संघ पर्साका उपाध्यक्ष शेष हजारा, केशव राज मिश्र, प्रभु साह, अकाश नेपाली, रमेश यादव, सुरेश महतो, संजय महतो लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...