Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगन्ज बचाउन युवाहरुकाे समाजिक संजालमा दबाब अभियान

spot_img
spot_img
वीरगन्ज । कोरोना महामारीबाट वीरगन्जलाई बचाउन माग गर्दै युवाहरुले बुधबारदेखि अभियान थालेका छन ।
 
वीरगन्जका युवाहरूले कोरोना महामारीबाट वीरगन्जलाई बचाउनका लागि माग गर्दै समाजिक सन्जालमा पम्प्लेट सार्वजनिक गरेर अभियान थालेका हुन । समाजिक संजालमा सक्रिय युवाहरुले आफ्नो घरमै बसेर सरकारको विरुद्ध गर्दै वीरगन्ज बचाउन अभियान थालेको बताएका छन ।
 
गएको एक सातादेखि वीरगन्जमा उपचार नपाएर अनाहकमा ज्यान गुमाइरहेका आम जनताको जीव ज्यानको सुरक्षाका लागि दबाब अभियान थालिएको उनीहरुले भनाइ छ ।
 
युवाहरुले समाजिक संजालमा कोरोनागन्ज के मुख्यमन्त्री कहाँ छि अहा , वीरगन्जबासी माफ गर्नुहोला, तपाईले सम्पर्क गर्नु भएको तिनै तहका सरकार भ्रष्टाचार र दलालीमा ब्यस्त छ, हाम्रो कोरोना कस्तो मुख्यमन्त्री लालबाबु र स्वास्थ्यमन्त्री भानुभक्त जस्तो, नारायणी अस्पतालका मेसुको काम बैठकमात्र कि जनताप्रति जवाफदेहिता पनि जस्ता बिरोधको पम्प्लेट आफ्नो सामाजिक संजालमा सार्वजनिक गरिएको अभियानका मेराजुल हवारीले बताए ।
 
उनले वीरगन्जलाइ अहिले कोरोना महामारीबाट बचाउनका लागि सडकमा नगएर आफ्नो समाजिक संजाल मार्फत दबाब मुलुक अभियान थालिएको बताए । अभियानमा वीरगंजका युवा मित्रदेव यादव, जुबेर आलम, शिवशंकर यादव लगायत सहभागि छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...