Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगन्जमा उपचार नपाएर फेरी ९ वर्षीय बालकको मृत्यु

spot_img
spot_img

वीरगन्ज । उपचार नपाएर वीरगंजमा मंगलबार फेरी एक बालककाे मृत्यु भएकाे छ । बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय बालकको मंगलबार बिहान १० बजे वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको हाे ।

झाडापखाला र बान्ता निको नभएपछि आइतबार राति करिब ४ बजे सुशीलकुमार साहलाई परिवारले थप उपचारका लागि वीरगन्ज लिएर आएका थिए । ५ वटा अस्पताल चहार्दा कसैले भर्ना लिएनन् । प्रहरीको भनसुनले दोस्रो पटकमा नेसनल मेडिकल कलेजले सोमबार बिहान भर्ना लिए पनि दिनभरि उपचार नगरेको परिवारको आरोप छ । आइसीयुमा उपचार नगरी छुट्टै कोठामा राखेको झन्डै २४ घन्टापछि बालकको मृत्यु भएको परिवारले जनाएका छन् ।

चारैतिर हारगुहार गर्दा पनि कुनै अस्पतालले भर्ना लिन नमानेपछि उनी सोमबार बिहान ७ बजेतिर सुशीललाई लिएर घन्टाघर चोकमा पुगेका थिए । सुरक्षामा तैनाथ प्रहरीले नारायणी अस्पताल लैजान सल्लाह दिए । जिल्लाको प्रहरी प्रमुख र सिडिओको फोन नम्बर पनि दिए । नारायणी अस्पतालको आकस्मिक कक्षमा पुग्दा त्यहाँको अवस्था पनि खराब नै रहेको उनले सुनाए । ‘नाम मात्रको लागि आकस्मिक कक्ष सञ्चालनमा रहेछ । त्यहाँका स्वास्थ्यकर्मीले बच्चा सिकिस्त रहेकाले आइसीयूमा भर्ना गर्नुपर्छ भन्दै फिर्ता पठाइदिएको मृतक बालकका आफन्त उपेन्द्र साहले वताए । 

बिहान फेरि ९ बजे सुशीललाई लिएर दोस्रोपटक मेडिकल कलेज पुगेको उपेन्द्रले बताए । प्रहरीले भनेकाे आधारमा यसपालि भर्ना त लिए तर आकस्मिक कक्ष वा आइसीयूमा राखेनन् । ‘नाकमा अक्सिजनको पाइप लगाएर एउटा कोठामा राखिदिए । त्यसपछि कोही उपचार गर्न आएनन्,’ उनले भने, ‘बिरामीको कुनै मतलब नै राखेनन् ।’ मेडिकल कलेजका स्वास्थ्यकर्मीले दिउँसो बच्चाको कोरोना परीक्षण गराउनु पर्छ भन्दै नारायणी पठाए । आफैले एम्बुलेन्स भाडा गरेर नारायणी अस्पताल लगेर स्वाब दिन लगाएको उनले बताए । उनको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

‘कलेजले हामीसँग दुईवटा पीपीई सेटसमेत खरिद गर्न लगायो,’ उपेन्द्रले भने, ‘सोमबार बिहान भर्ना गरेर एकैचोटी राति करिब ९ बजेको समयमा पीपीई सेट लगाएर स्वास्थ्यकर्मी सुशीललाई हेर्न आएका थिए, औषधि दिएर गए ।’

मंगलबार बिहान कोरोनाको रिपोर्ट लिन नारायणी प्रयोगशाला पुग्दा सुशीलको मृत्यु भएको खबर आयो । ‘समयमा उचित उपचार नपाएर बच्चाको मृत्यु भयो,’ भावुक हुँदै उपेन्द्रले भने ।

यो विषयमा नेशनल मेडिकल कलेजका काेराेेना फाेकल पर्सन डा.  असर्फ हुसेनसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ...

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न...

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...