Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

वीरगन्जमा उपचार नपाएर फेरी ९ वर्षीय बालकको मृत्यु

spot_img
spot_img

वीरगन्ज । उपचार नपाएर वीरगंजमा मंगलबार फेरी एक बालककाे मृत्यु भएकाे छ । बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय बालकको मंगलबार बिहान १० बजे वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको हाे ।

झाडापखाला र बान्ता निको नभएपछि आइतबार राति करिब ४ बजे सुशीलकुमार साहलाई परिवारले थप उपचारका लागि वीरगन्ज लिएर आएका थिए । ५ वटा अस्पताल चहार्दा कसैले भर्ना लिएनन् । प्रहरीको भनसुनले दोस्रो पटकमा नेसनल मेडिकल कलेजले सोमबार बिहान भर्ना लिए पनि दिनभरि उपचार नगरेको परिवारको आरोप छ । आइसीयुमा उपचार नगरी छुट्टै कोठामा राखेको झन्डै २४ घन्टापछि बालकको मृत्यु भएको परिवारले जनाएका छन् ।

चारैतिर हारगुहार गर्दा पनि कुनै अस्पतालले भर्ना लिन नमानेपछि उनी सोमबार बिहान ७ बजेतिर सुशीललाई लिएर घन्टाघर चोकमा पुगेका थिए । सुरक्षामा तैनाथ प्रहरीले नारायणी अस्पताल लैजान सल्लाह दिए । जिल्लाको प्रहरी प्रमुख र सिडिओको फोन नम्बर पनि दिए । नारायणी अस्पतालको आकस्मिक कक्षमा पुग्दा त्यहाँको अवस्था पनि खराब नै रहेको उनले सुनाए । ‘नाम मात्रको लागि आकस्मिक कक्ष सञ्चालनमा रहेछ । त्यहाँका स्वास्थ्यकर्मीले बच्चा सिकिस्त रहेकाले आइसीयूमा भर्ना गर्नुपर्छ भन्दै फिर्ता पठाइदिएको मृतक बालकका आफन्त उपेन्द्र साहले वताए । 

बिहान फेरि ९ बजे सुशीललाई लिएर दोस्रोपटक मेडिकल कलेज पुगेको उपेन्द्रले बताए । प्रहरीले भनेकाे आधारमा यसपालि भर्ना त लिए तर आकस्मिक कक्ष वा आइसीयूमा राखेनन् । ‘नाकमा अक्सिजनको पाइप लगाएर एउटा कोठामा राखिदिए । त्यसपछि कोही उपचार गर्न आएनन्,’ उनले भने, ‘बिरामीको कुनै मतलब नै राखेनन् ।’ मेडिकल कलेजका स्वास्थ्यकर्मीले दिउँसो बच्चाको कोरोना परीक्षण गराउनु पर्छ भन्दै नारायणी पठाए । आफैले एम्बुलेन्स भाडा गरेर नारायणी अस्पताल लगेर स्वाब दिन लगाएको उनले बताए । उनको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

‘कलेजले हामीसँग दुईवटा पीपीई सेटसमेत खरिद गर्न लगायो,’ उपेन्द्रले भने, ‘सोमबार बिहान भर्ना गरेर एकैचोटी राति करिब ९ बजेको समयमा पीपीई सेट लगाएर स्वास्थ्यकर्मी सुशीललाई हेर्न आएका थिए, औषधि दिएर गए ।’

मंगलबार बिहान कोरोनाको रिपोर्ट लिन नारायणी प्रयोगशाला पुग्दा सुशीलको मृत्यु भएको खबर आयो । ‘समयमा उचित उपचार नपाएर बच्चाको मृत्यु भयो,’ भावुक हुँदै उपेन्द्रले भने ।

यो विषयमा नेशनल मेडिकल कलेजका काेराेेना फाेकल पर्सन डा.  असर्फ हुसेनसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...