Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

उपचार नपाएर युवतीकाे ज्यान गएपछि वीरगंजमा प्रदर्शन र ताेडफाेड

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पताल अगाडी आइतबार बिहान प्रदर्शन तथा तोडफोड भएको छ। 

वीरगंजका अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले आज बिहान नारायणी अस्पताल अगाडी प्रदर्शन गर्नुकाे साथै अस्पताल भित्रका गाडी तथा गमलाहरु तोडफोड गरेका हुन्। 

नारायणी अस्पतालको अर्को भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेको बेला प्रदर्शनकारीहरुले पार्किङमा राखेको गाडीहरुमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट नारायणी अस्पतालका डा‍. उदय नारायण सिंहको ना १२ च ५९६६ नम्बरको गाडीको सिसा फुटेको छ। 

प्रहरीले लाठिचार्ज गरेपछि अहिले स्थिति सामान्य भएकाे छ।  

नारायणी अस्पतालमा जेनरल सेवा बन्द भएकाले निजी अस्पताललेसमेत भर्ना गर्न नमानेकाे कारणले अकालमै बिरामीले ज्यान गुमाउनु परेको परिवाजनले दावी गरेका छन्। 

दिनुहुँ आम नागरिकले ज्यान गुमाउनु परेको घटना सार्वजनिक हुँदापनि अस्पताल प्रशासन मौन बस्ने गरेकाले यस्तो घटना फेरि नहोस् भनेर पुनः नारायणीलाई जेनरल अस्पतालको रुपमा सेवा सुचारु गर्न मृतकका परिवारले माग गरेका छन्।

शुक्रबार राती वीरगंजका अस्पताहरुमा घुमाउदै घुमाउदै कसैले पनि बिरामीलाई भर्ना गरी उपचार गर्न नमानेपछि बिरामीकाे मृत्यु भएपछि स्थानियहरु आक्राेसित भएका छन् । वीरगंजमा उपचार नपाएर ३ दिनमामात्र ५ जनाकाे मृत्यु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...