Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईका मेयर, वडाध्यक्ष र स्वास्थ्यकर्मीसहित २५ जनामा काेराेना

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले दिएकाे जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा मेयर साह, एक वडाध्यक्ष ६ जना स्वास्थ्यकर्मीसहित २५ जना रहेका छन् ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा मेयर साह, वडा नं. ५ का वडाध्यक्ष रामेश्वर साह, ६ जना स्वास्थ्यकर्मी, एक जना कास र अन्य १९ जना काेराेना संक्रमण पुष्टि भएकाे संयाेजक उप्रेतीले जानकारी गराए । उनका अनुसार संक्रमितहरु २० बर्षदेखी ५० बर्ष सम्मका छन् ।

नगरपालिका अन्तर्गतका वडा नं. ३, ४, ५ र ९ का संस्था संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु रहेकाे उप्रेतीले वताए ।

बुधबार एक सय २२ जनाकाे स्वाब संकल गरि पिसिआर परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेशालामा पठाउदा आज आएकाे रिपाेर्ट अनुसार २५ जनामा काेराेना पाेजेटिभ देखिएकाे र अन्य सबै जनाकाे रिपाेर्ट नगेटिभ आएकाे नगरपालिकाका लेखापाल हरि राउत कुर्मीले वताए ।

काेराेना पाेजेटिभ देखिएका मेयर सावलाई केही दिनदेखी ज्वराेसमेत लागेकाे उनले जानकारी गराए । हाल उहाँ चिकित्सककाे सम्पर्कमा वीरगंजस्थित आफ्नाे घरकाे हाेम आइसाेलेसनमा रहेकाे कुर्मीले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...