29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा मेयरसहित थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दिएकाे जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमितहरु २२ वर्षकादेखि ७४ वर्ष सम्मका रहेका छन् ।

शनिबार बिहान संक्रमण पुष्टि हुनेहरुमा वीरगन्ज महानगरपालिकाकाे विभिन्न वडाका २२ बर्ष देखि ७४ बर्षका सम्मका २१ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका २२ बर्ष देखि ४० बर्षका सम्मका २५ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३५ बर्षिय र ५५ बर्षिय पुरुष रहेका छन् ।

यस्तै बारा जिल्ला कलैया वडा नम्बर १० घर भइ ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशालाका प्राविधिक रहेका छन् ।

वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना, बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयरमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

त्यसैगरी बारा जिल्ला भलुही भरवलियाका ३० बर्षका १ जना पुरुष, बारा जिल्ला मनहर्वाका ४३ बर्षिय १ जना पुरुष, सर्लाही जिल्लाका २६ बर्षका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालले जनाएकाे छ ।

साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ५५ जनामा काेराेना संक्रमण पुष्टि भएको नारायणी अस्पतालकाे प्रयाेगशाला स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.464 sec. Memory consumption:81.47 mb