26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कोरोना निको भएर २ डाक्टरसहित ८ जना डिस्चार्ज

 वीरगंज । नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकबाट कोरोना निको भएर २ डाक्टरसहित ८ जना डिस्चार्ज भएका छन् ।
कोरोना निको भएर वीरगंजका २ डाक्टर, एक महिलासहित ८ जना डिस्चार्ज भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
डिस्चार्ज हुनेमा वीरगंज विर्ताका ४० बर्षिय डा. दिलिप चौरसिया, नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ४५ बर्षिय डा. आर. के. सिंह रहेका छन् ।
यस्तै बाराको जितपुरका ३५ बर्षिय महिला, २० बर्षिय पुरूष, मोतिसरका २२ बर्षिय पुरूष, पर्साको बहुदरमाई नगरपालिका ७ निवासी ३३ बर्षिय पुरूष, वीरगंज ६ रेशमकोठी निवासी २३ बर्षिय पुरूष र वीरगंज ११ श्रीपुरका ३० बर्षिय पुरूष डिस्चार्ज भएको डा. सिंहले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:213. Generation time:4.929 sec. Memory consumption:81.44 mb