वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २९ निवासी साविक गाबिस बस्डिलवाका पूर्व उपाध्यक्ष देवनाथ महताेकाे निधन भएकाे छ । नेपाली कांग्रेसका स्थानिय नेतासमेत रहेका ७५ बर्षिय महताेकाे शुक्रबार विहान ७:१५ बजे निधन भएकाे हाे ।
महताेकाे आजै धार्मिक परम्परा अनुसार आफ्नै गाउँकाे आर्यघाटमा अन्त्येष्टि समेत गरिएकाे छ । त्यसभन्दा पहिला नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टीकाे झन्डा ओढाएर अन्तिम बिदाई तथा श्रद्धान्जली अर्पण गरेका थिए ।
अन्त्येष्टिमा नेपाली कांग्रेस वीरगंज २९ का वडा इकाई समितिका सभापति सिगेशवर साह, सचिव समिद खाँ, वडा नं. २८ का सभापति सरिक महताे, तरुण दलका पूर्व जिल्ला सचिव बलराम यादव, पूर्व क्षेत्रिय सदस्य लालबाबु साह, क्रियाशिल सदस्य अबदुल ओकिल मियाँ, रामअयाेध्या महताे, पुनदेव महताे, हिरा महताे, राजेन्द्र महताे लगायतकाकाे सहभागिता रहेकाे थियाे ।