वीरगंज । प्रदेश नं. २ सरकारले एक क्यान्सर पिडितलाई आर्थिक सहयाेग गरेकाे छ । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुर निवासी क्यान्सर पिडित शिव कुमारी देबीलाई सहयाे गरेकाे हाे ।
सामाजवादी पार्टीका छिपहरमाई गाउँपालिका संयाेजक इगरासन साह कलवारकाे पहलमा प्रदेश सरकारले पीडित शिव कुमारीलाई रु २५ हजार सहयाेग गरेकाे स्थानिय जितेन्द्र मिश्राले वताए । सहयाेग रकम बराबरकाे चेक आज पिडित शिव कुमारी हस्तान्तरण गरिएकाे उनले जानकारी दिए ।
समाजवादी पार्टी पर्सा निर्वाचन क्षेत्र नं. ४ काे (ख) का अध्यक्ष रामपुकार यादव, जिल्ला सदस्य हिमांचल कुशवाहा, वडा कमिटीका अध्यक्ष राज कुमार सिंह, समाजसेवी लाल यादव लगायतकाे उपस्थितमा चेक हस्तान्तरण गरिएकाे मिश्राले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस