वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसिया पनि काेराेना संक्रमित भएका छन् । बिहिबार विहान थपिएका ४३ संक्रमित मध्ये ५६ वर्षीय नेता चौरसियामा समेत रहेकाे वताइएकाे छ ।
पुर्वमन्त्री समेत रहेका चौरसियालाई सामान्य ज्वरो र रुघाखोकी लागेपछि उनले पिसिआर परिक्षणका लागि मङ्गलबार आफ्नो स्वाबकाे नमुना दिएका थिए । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार राति गरिएकाे परिक्षणमा चाैरसियाकाे रिपाेर्ट काेराेना पाेजिटिभ आएकाे हाे ।
नेपाली काग्रेसका तराई मधेश समन्वय बिभाग प्रमुखसमेत रहेका चौरसियाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आफ्नो घरमै आइसोलेसनमा रहेका छन् । उनले चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना हुनुपरे आफु भर्ना हुने जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस