Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंजमा गरिएकाे परिक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, बैंक कर्मचारी डाक्टर सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ३६ पुरूष र ६ जना महिला रहेका छन् । संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष सम्म रहेका छन् ।

वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका ७ बर्ष देखि ७३ बर्ष सम्मका २३ जना, पर्साकाे पकहामैनपुर गाँउपालिका वडा नम्बर २ का २७ बर्षका एक पुरुष, पोखरिया नगरपालिका वडा नम्बर ६ का ३३ बर्षका एक पुरुष  लगायतकामा संक्रमण देखिएकाे नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए ।

डा. उपाध्यायका अनुसार बिहिबार बिहान संक्रमण पुष्टि हुने ४३ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपालीसमेत सेना रहेका छन । जस मध्ये ६ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् ।

नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुषमा पनि संक्रमण देखिएकाे छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना मृगौला रोगीकाे पनि काेराेना पाेजिटिभ आएकाे छ ।

भारतिय दुतावास वीरगन्जका ३० बर्षका १ जना पुरुषसमेत संक्रमण देखिएकाे जनाएका छन् । 

त्यसैगरी बारा जिल्ला देवताल गाँउपालिका ३३ बर्षिय पुरुष, प्रसौनी गापा २ की ७३ बर्षिय महिला, रौतहट जिल्ला मौलापुरका २७ बर्षिय पुरुष र महोत्तरी जिल्लाका ३७ बर्षिय एक जना डाक्टरमा पनि संक्रमण देखिएकाे नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...