वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, बैंक कर्मचारी डाक्टर सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा ३६ पुरूष र ६ जना महिला रहेका छन् । संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष सम्म रहेका छन् ।
वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका ७ बर्ष देखि ७३ बर्ष सम्मका २३ जना, पर्साकाे पकहामैनपुर गाँउपालिका वडा नम्बर २ का २७ बर्षका एक पुरुष, पोखरिया नगरपालिका वडा नम्बर ६ का ३३ बर्षका एक पुरुष लगायतकामा संक्रमण देखिएकाे नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए ।
डा. उपाध्यायका अनुसार बिहिबार बिहान संक्रमण पुष्टि हुने ४३ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपालीसमेत सेना रहेका छन । जस मध्ये ६ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् ।
नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुषमा पनि संक्रमण देखिएकाे छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना मृगौला रोगीकाे पनि काेराेना पाेजिटिभ आएकाे छ ।
भारतिय दुतावास वीरगन्जका ३० बर्षका १ जना पुरुषसमेत संक्रमण देखिएकाे जनाएका छन् ।
त्यसैगरी बारा जिल्ला देवताल गाँउपालिका ३३ बर्षिय पुरुष, प्रसौनी गापा २ की ७३ बर्षिय महिला, रौतहट जिल्ला मौलापुरका २७ बर्षिय पुरुष र महोत्तरी जिल्लाका ३७ बर्षिय एक जना डाक्टरमा पनि संक्रमण देखिएकाे नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।