Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

वीरगंजका सचेत युवाद्वारा एसएमएसमार्फत मुख्यमन्त्रीकाे ध्यानाकर्षण

spot_img
spot_img

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमै फैलिएकाे भन्दै त्यसकाे रोकथाम तथा नियन्त्रणकाे लागि वीरगंजका सचेत युवाहरुले एसएमएसमार्फत मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् ।

युवाहरुले बुधबार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई एसएमएस पठाएर ध्यानाकर्षण गराएका हुन् ।

माननीय मुख्यमन्त्री ज्यू, कोरोना महामारीले जनता मर्दै छन्, तपाई के गर्दै हुनुहुन्छ ? तपाईंलाई मुख्यमन्त्री पद सम्म पुर्‍याउने प्रदेशको एक सचेत युवा । लेखिएकाे एसएमएस युवाहरुले पठाएका छन् ।
 

वीरगंजका युवा शिवनाथ यादवकाे अगुवाईमा सुरेश विडारी, शिव कुमार साह, कविता खड्का, शम्भु कुमार सुमन, दिपेन्द्र यादव लगायतकाले एसएमएस पठाएर मुख्यमन्त्री राउतकाे ध्यानाकार्षण गराएका छन् ।

काेराेना भाइरस संक्रमण समुदाय स्तरमै फैलिएकाे र दिनहु वीरगंजमा संक्रमितकाे संख्या बढदै गएपनि राेकथाम तथा नियन्त्रणकाे लागि प्रदेश सरकारकाे ध्यान पुग्न नसकेकाे आराेप लगाएका छन् । संक्रमितहरु अस्पताल र अस्पतालमा भेन्टिलेटरकाे अभावमा उपचार नपाएर मरिरहे ता पनि गद्दी नेतृत्वकाे प्रदेश सरकारकाे ध्यान पुग्न नसकाे भन्दै ध्यानाकर्षण गराएका हुन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...