Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजका सचेत युवाद्वारा एसएमएसमार्फत मुख्यमन्त्रीकाे ध्यानाकर्षण

spot_img
spot_img

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमै फैलिएकाे भन्दै त्यसकाे रोकथाम तथा नियन्त्रणकाे लागि वीरगंजका सचेत युवाहरुले एसएमएसमार्फत मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् ।

युवाहरुले बुधबार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई एसएमएस पठाएर ध्यानाकर्षण गराएका हुन् ।

माननीय मुख्यमन्त्री ज्यू, कोरोना महामारीले जनता मर्दै छन्, तपाई के गर्दै हुनुहुन्छ ? तपाईंलाई मुख्यमन्त्री पद सम्म पुर्‍याउने प्रदेशको एक सचेत युवा । लेखिएकाे एसएमएस युवाहरुले पठाएका छन् ।
 

वीरगंजका युवा शिवनाथ यादवकाे अगुवाईमा सुरेश विडारी, शिव कुमार साह, कविता खड्का, शम्भु कुमार सुमन, दिपेन्द्र यादव लगायतकाले एसएमएस पठाएर मुख्यमन्त्री राउतकाे ध्यानाकार्षण गराएका छन् ।

काेराेना भाइरस संक्रमण समुदाय स्तरमै फैलिएकाे र दिनहु वीरगंजमा संक्रमितकाे संख्या बढदै गएपनि राेकथाम तथा नियन्त्रणकाे लागि प्रदेश सरकारकाे ध्यान पुग्न नसकेकाे आराेप लगाएका छन् । संक्रमितहरु अस्पताल र अस्पतालमा भेन्टिलेटरकाे अभावमा उपचार नपाएर मरिरहे ता पनि गद्दी नेतृत्वकाे प्रदेश सरकारकाे ध्यान पुग्न नसकाे भन्दै ध्यानाकर्षण गराएका हुन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...