Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

पर्सामा काेराेना संक्रमित बसेकाे घर सिल गर्न उच्च अदालतकाे आदेश

spot_img
spot_img

वीरगंज । उच्च अदालत जनकपुरकाे अस्थायी इजलाश वीरगंजले हाेम क्वारेन्टाइनमा रहेका काेराेना संक्रमितको घर शिल गर्न र संक्रमितलाई घर बाहिर निस्कन नदिन जिल्ला प्रशासन कार्यालय पर्सालाई आदेश दिएकाे छ ।

अधिवक्ता प्रमाेद साहले दायर गरकाे रिटमाथि सुनवाई गर्दै न्याधिश वीर बहादुर डाँगीकाे एकल इजलाशले यस्ताे अन्तरिम आदेश जारि गरेकाे हाे ।

साउन ९ गते प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीकाे अध्यक्षतामा बसेकाे जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले गरेकाे निर्णय नं. ५ मा उल्लेखित संक्रमित बस्ने घरहरुसमेत सिल गरी स्थानिय प्रहरी र वडा समितिकाे कार्यालयकाे सिफारिसकाे आधारमा ती निकायकाे निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेकाे हाेम क्वारेन्टाइन सम्बन्धि मापदण्ड, २०७७ बमाेजिम हाेम क्वारेन्टाइनकाे रुपमा संचालन गर्नु, गराउनु र मन्त्रालयकाे मिति २०७७/२/२० मा जारी भएकाे काेभिड केशकाे आइसाेलेसन सम्बन्धि निर्देशिकाकाे दफा २.२ काे ख (२) मा काेराेना भाइरसबाट संक्रमित व्यक्तिकाे उपचार अवधिभर घर बाहिर निस्कन नपाउने गरी आवश्यक व्यस्था गर्नु, गराउन, विपक्षी जिल्ला प्रशासन कार्यालय पर्साकाे नाउमा अन्तरिम आदेश जारी गरिएकाे छ । 

पर्सामा काेराेना संक्रमितकाे संख्या बढदै गएपछि र काेराेना अस्पतालकाे अभावमा काेराेना संक्रमितलाई घर मै बस्नु पर्ने अवस्थामा स्वास्थ्य मन्त्रालयकाे जारी हाेम क्वारेन्टाइन सम्बन्धि व्यवस्थाकाे विपरित संक्रमित बसेकाे घर परिवारका सदस्यहरु घर बाहिर घुमफिर गरिरहेकाेले संक्रमण फैलन सक्ने भन्दै अधिवक्ता साहले दायर गरेका थिए ।

अधिवक्ता साहसहित अधिवक्ता हरिहर प्रसाद साह, निरबचन्द्र अधिकारी, केशवलाल केशरी, अकिल अन्सारीले दायर रिट उपर बहस गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...