Date
आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026

पर्सामा काेराेना संक्रमित बसेकाे घर सिल गर्न उच्च अदालतकाे आदेश

वीरगंज । उच्च अदालत जनकपुरकाे अस्थायी इजलाश वीरगंजले हाेम क्वारेन्टाइनमा रहेका काेराेना संक्रमितको घर शिल गर्न र संक्रमितलाई घर बाहिर निस्कन नदिन जिल्ला प्रशासन कार्यालय पर्सालाई आदेश दिएकाे छ ।

अधिवक्ता प्रमाेद साहले दायर गरकाे रिटमाथि सुनवाई गर्दै न्याधिश वीर बहादुर डाँगीकाे एकल इजलाशले यस्ताे अन्तरिम आदेश जारि गरेकाे हाे ।

साउन ९ गते प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीकाे अध्यक्षतामा बसेकाे जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले गरेकाे निर्णय नं. ५ मा उल्लेखित संक्रमित बस्ने घरहरुसमेत सिल गरी स्थानिय प्रहरी र वडा समितिकाे कार्यालयकाे सिफारिसकाे आधारमा ती निकायकाे निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेकाे हाेम क्वारेन्टाइन सम्बन्धि मापदण्ड, २०७७ बमाेजिम हाेम क्वारेन्टाइनकाे रुपमा संचालन गर्नु, गराउनु र मन्त्रालयकाे मिति २०७७/२/२० मा जारी भएकाे काेभिड केशकाे आइसाेलेसन सम्बन्धि निर्देशिकाकाे दफा २.२ काे ख (२) मा काेराेना भाइरसबाट संक्रमित व्यक्तिकाे उपचार अवधिभर घर बाहिर निस्कन नपाउने गरी आवश्यक व्यस्था गर्नु, गराउन, विपक्षी जिल्ला प्रशासन कार्यालय पर्साकाे नाउमा अन्तरिम आदेश जारी गरिएकाे छ । 

पर्सामा काेराेना संक्रमितकाे संख्या बढदै गएपछि र काेराेना अस्पतालकाे अभावमा काेराेना संक्रमितलाई घर मै बस्नु पर्ने अवस्थामा स्वास्थ्य मन्त्रालयकाे जारी हाेम क्वारेन्टाइन सम्बन्धि व्यवस्थाकाे विपरित संक्रमित बसेकाे घर परिवारका सदस्यहरु घर बाहिर घुमफिर गरिरहेकाेले संक्रमण फैलन सक्ने भन्दै अधिवक्ता साहले दायर गरेका थिए ।

अधिवक्ता साहसहित अधिवक्ता हरिहर प्रसाद साह, निरबचन्द्र अधिकारी, केशवलाल केशरी, अकिल अन्सारीले दायर रिट उपर बहस गरेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

माउन्ट मकालुमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कुलको आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। शिविर वीरगंज कम्युनिटी आई सेन्टर...

जनताको आधारभूत अपेक्षा पूरा गर्न सरकार किन असफल ?

राज्यको मुख्य दायित्व भनेको नागरिकलाई सहज सेवा, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र उत्पादनमुखी वातावरण उपलब्ध गराउनु हो । तर विडम्बना, आज पनि आम...

जिराभावानीमा रास्वपाको प्रथम गाउँपालिका भेला सम्पन्न, रामाकान्त चौधरी बने सभापति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिराभावानी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले रामाकान्त प्रसाद चौधरीको नेतृत्वमा...