Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

नेकपाको सचिवालय र स्थायी कमिटीलाई नेता साहकाे खुल्ला पत्र

spot_img
spot_img
आदरणीय कमरेडगण, लाल सलाम
म रामचन्द्र साह २०२८ सालदेखि अनेरास्ववियूको विद्यार्थी राजनितिमा सक्रिय सहभागी हुदै को–अर्डिनेशन कमिटीको पालामा ऐतिहासिक बनि आन्दोलन संचालन गर्दै नेकपा (माले) त्यसपछि नेकपा (एमाले) र अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आई पुग्दा सम्म पार्टीको विधि विधान, नेतृत्व र निर्णयको पूर्णरुपले पालना गर्दै आएको छु । म २०२८ सालमा तत्कालिन ठाकुर राम कलेजको विद्यार्थी युनियनको विद्यान मस्यौदा कमिटीको सदस्यमा निर्वाचित हुदै अनेकिसंघको गाउँ कमिटी, गाउँ पार्टी सक्रिय दल, गाउँ पार्टी कमिटी, ईलाका कमिटीको ईन्चार्ज, जिल्ला कमिटीको सचिव, अंचल कमिटी हुदै हाल नेकपाको केन्द्रिय कमिटीको सदस्य र पार्टी पर्सा जिल्ला ईन्चार्ज छु । ४९ बर्षको वामपन्थी राजनैतिक जीवनमा कहिलै पनि यस प्रकारको पार्टी भित्रको विवाद देखिएको थिएन । मैले अध्ययन गरे सम्म विश्वको वामपन्थी आन्दोलनमा कहि पनि व्यक्ति कम्युनिष्ट पार्टी भन्दा ठूलो, म नभए पार्टी रहदैन भन्ने व्यक्ति देखिएको छैन् ।
 
नेपालमा वामपन्थी आन्दोलनको ७ दशकको संघर्ष पछि नेकपा जनताको व्यापक समर्थन प्राप्त गरी बलियो सरकार समेत बनाई सकेर पनि सिंगै पार्टी पक्ति निष्कृय, अलमल अन्यौलमा रहने, सरकारको क्रियाकलाप प्रति चौतर्फी आलोचना हुने, भ्रष्टाचारको व्यापक चर्चा हुने तर छानबिन नहुने, पार्टीको निर्णय कार्यान्वयन नहुने, पार्टीको केन्द्रिय तहका कमिटीको बैठक बस्न नसक्ने, बैठक बस्दा अध्यक्ष अनुपस्थित हुने कुराले नेकपा राजनैतिक पार्टी हो कि स्वार्थ समुह हो जस्ता कुराको आलोचना सुन्नु परेको छ । पार्टीको अध्यक्ष नै पार्टीको विधि विधान पालना गर्न नचाहने मात्र होईन कि चाहे अनुसारको पद न पाए वा नरहे कुर्सी नै भांचिदिन्छु भन्ने कुराहरु संचारमा आउने कुराले नेकपाको सम्पूर्ण पार्टी पंक्तिलाई नै झसङ्ग पारेको छ ।
 
पार्टी भित्रको विवाद सोभियत संघको कम्युनिष्ट पार्टीमा मेन्सेभिक र बोल्सेभिकको विवाद जस्तो देखिएको छ । केन्द्रिय किमिटीको निर्णय पालना नहुनु र पार्टीको केन्द्र देखि स्थानिय तह सम्मको कमिटी परिचालन नहुनुले आफ्नो कुरा राख्ने ठाउँ नपाएको र नेतृत्व तहका नेता कमरेडहरुले संचार माध्यमबाट नै आफ्नो कुरा राख्ने चलन जस्तै बन्दै गएको देखेर म पनि नेकपाको सचिवालय र स्थायी कमिटीको नाममा खुल्ला पत्र लेख्ने आवश्यक्ता बुझेको छु ।
 
सचिवालय र स्थायी कमिटी सँग मेरो प्रश्न
१. पार्टी एकताको बाकी काम पुरा नभएकोमा किन र कस्को कारणले हो ?
२. पार्टी संगठन संचालन नहुनु र वर्षौ सम्म पार्टीलाई निष्कृय बनाई राख्नुमा नेतृत्व तहको निष्कृयता र अयोग्यता देखिदैन र ?
३. वर्तमान सरकार नेकपाको सरकार हो कि व्यक्तिको सरकार हो ?
४. पार्टीको विवाद पद बाँडफाँडको विवाद हो कि विधि विधानको विवाद हो ?
५. पद सँग सम्झौता गर्न सकिन्छ तर के संगठनको सिद्धान्त सँग सम्झौता गर्न सकिन्छ ?
६. के पार्टी संगठनको सिद्धान्त भत्काएर पार्टी संचालन गर्न सम्भव छ ?
७. एकता बैठकले तीन महिनामा पार्टी एकताको काम पुरा गर्ने निर्णय गरे तर भएन, दोस्रो केन्द्रिय कमिटीको बैठकले १५ दिनमा एकता प्रक्रिया पुरा गर्न भने तैपनि एकता प्रक्रिया पुरा भएन । के जब सम्म पार्टी सदस्यको एकिकरण पुरा नहुन्जेल महाधिवेशन सम्भव देखिनु हुन्छ ?
८. पूर्व नेकपा (माओवादी) र पूर्व नेकपा (एमाले) सम्पूर्ण रुपले विघटन भईसके पनि ती पूर्व पार्टीको कुनै अधिवेशन र सम्मेलनको अस्तित्व नेकपामा कायम छ ? ९. दुबै पार्टी विघटन भई सके पछि दुबै पूर्व पार्टीका संयुक्त भेला बैठक गरी विधान, नियमावली, राजनैतिक प्रतिवेदन पास गर्दै विधान अनुसार दुई अध्यक्ष,
९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रिय कमिटी गठन गरी नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निर्माण गरेको होईन र ? हो भने एकता महाधिवेशन नहुन्जेलसम्म केन्द्रिय कमिटी नै पार्टीको सर्वोच्च निकाय होईन र ?
 
यी यावत प्रश्न र यस्ता थुप्रै प्रश्नहरु मेरो मात्र होईन सिंङ्गै पार्टी पंक्तिको प्रश्न हो । यस्ता प्रश्न पार्टीको बैठकमा उठाउनु पर्ने हाम्रो दायित्व हो यो कुराको ज्ञान छ तर बैठक नबस्ने र पार्टी पक्ति मात्र होईन कि आम जनमानसबाट नै यस्ता प्रश्न आउन थालेपछि पत्र लेख्नु परेको हो । सचिवालय र स्थायी कमिटीले यी प्रश्नको निर्णय गरी पार्टीलाई अनिर्णयको बन्दीबाट मुक्त गरी सिङ्गै पार्टी पक्तिलाई संगठित गर्दै सक्रियरुपले परिचालन गर्न हुन अनुरोध छ । सचिवालय र स्थायी कमिटीले समस्या समाधान गर्न नसके यथासिघ्र पार्टीको सर्वोच्च निकाय केन्द्रिय कमिटीको बैठक बोलाई निष्कर्ष निकाल्नु पर्छ भने मेरो मान्यता छ । अन्तमा पार्टीको विधि विधान र पार्टीको निर्णय प्रति पूर्ण रुपले पालना गर्न प्रतिबद्धता जाहेर गर्न चाहन्छु । अभिवादन सहित रामचन्द्र साह तेली ।
 
                                                                                      रामचन्द्र साह
केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज
नेकपा
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...