Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

नारायणी अस्पतालकाे लापरवाही, १० दिनमा पनि आएन पिसिआर रिपाेर्ट

spot_img
spot_img
वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालाकाे गंभीर लापरवाही देखिएकाे छ । एकदेखि २ दिनमा आउनु पर्ने पिसिआर रिपाेर्ट १० दिनमापनि नआएपछि लापरवाही देखिएकाे हाे ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं. ९ स्थित रेल्बे माविमा साउन ११ गते पिसिआर परिक्षणकाे लागि गरिएकाे स्वाब संकलनकाे रिपाेर्ट अझै सम्म नआएकाे वडाध्यक्ष मनाेज कलवारले वताएका छन् । ९ दिन अघि रेल्बे स्कुलमा गरिएकाे एक सय १३ जनाको स्वाब संकलनकाे रपाेर्ट अझै सम्म नआउनुले नारायणी अस्पतालकाे गंभिर लापरवाही देखिएकाे उनले कालिका टाईम्ससंग कुरा गर्दै वताए ।
 
रिपाेर्ट किन आएन भनेर जान्न अस्पतालका मेसु डा मदन कुमार उपाध्यायसंग विभिन्न माध्यमले सम्पर्क गर्न प्रयास गर्दा  पनि सम्पर्क हुन नसकेकाे उनले गुनासाे गरे ।
 
उनले भने “साउन ११ गते नै रेल्बे स्कुलमा स्वाब दिएकाे एक जनाकाे ४ दिन सम्म रिपाेर्ट नआउदा पुन: नारायणी अस्पताल मै पैसा तिरेर चेकअप गराउदा पाेजेटिभ रिपाेर्ट आयाे । उनकाे स्वास्थ्यमा समस्या देखिएपछि साेही अस्पतालमा पुन: पैसा तिरेर चेकअप गराएपछि एक दिन मै रिपाेर्ट आयाे तर पहिलाकाे रिपाेर्ट अझै सम्म आउन सकेकाे छैन् ।”
 
उनले प्रशन गर्दै भने यसकाे जिम्मेवारी कसले लिने, एउटा रिपाेर्ट दिनमा यत्राे ढिलाई भने उपचारकाे अवस्था के हाेला सहजै अनुमान गर्न सकिन्छ । फेरी रेल्बे स्कुल मै साउन १३ गते गरिएकाे स्वाब संकलनकाे रिपाेर्ट आइसकेकाे छ । त्यसमा १४ जना काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी गराए ।
 
यस्तै साउन १६ गते शुक्रबार त्रिजुद्ध स्कुलमा गरिएकाे स्वाब संकलनकाे पिसिआर रिपाेर्ट अझै आउन नसकेकाे संविधान सभा सदस्य आत्माराम साहकाे गुनासाे छ ।
 
जनता समाजवादी पार्टीका नेतासमेत रहेका साहले पिसिआर रिपाेर्टकाे ढिलाईले झन तनाव उत्पन्न भएकाे वताए । कालिका टाइम्ससंग कुरा गर्दै उनले भने “मेराे एउटा कारखाना पनि छ, त्याे कारखानाकाे एउटा कर्मचारीले मैसंग शुक्रबार त्रिजुद्ध स्कुलमा काेराेना परिक्षणकाे लागि स्वाबकाे नमुना दिएका थिए, उसलाई ज्वराेसमेत आइरहेकाे छ तर रिपाेर्ट अझै सम्म नआउनुले झन तनाव दिएकाे छ ।” 
 
आफुलाई त कुनै समस्या नदेखिएकाे वताउदै उनले तर कर्मचारीकाे समस्याले गर्दा रिपाेर्ट बारे बुझ्न अस्पतालका मेसु डा उपाध्यायसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेकाे छैन्, मेसुसंग सम्पर्क हुन नसकेपछि सहाय प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई समस्या बारे जानकारी गराएकाे छु ।
 
उनले थपे यस्ताे महामारीकाे समयमा हामीलाई यस्ताे समस्या छ भने सर्बसधारणलाई कस्ताे समस्या हाेला सहजै अनुमान गर्न सकिन्छ । 
 
वीरगंज महानगरकापालिकाका मेयर विजय सरावगीका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले आफुले पनि शुक्रबार नै दिएकाे स्वाब संकलनकाे रिपाेर्ट बारे अझै थाह पाउन नसकेकाे वताए ।
 
उनले भने “मेयर सावकाे नजिकमा आएका प्रमुख प्रशासकिय अधिकृतसहितका नगरपालिकामा कर्मचारी, जनप्रतिनिधि लगायतकाले त्याे दिन पिसिआर परिक्षणकाे लागि स्वाब दिएका थिए तर रिपाेर्टकाे अझै सम्म थाह पताे छैन् । पछि हामी मध्ये कै हाम्रै पार्टीका नेता समेत रहेका सिपु तिवारीकाे स्वास्थ्यमा समस्या देखिएपछि भने सुनेर परिक्षण गराएपछि रिपाेर्ट पाेजिटिभ देखियाे, अहिले उहाँ अस्पतालमा हुनुहुन्छ । तर हाम्राे रिपाेर्ट अझै सम्म नआउनुले तनाव श्रृजना गरेकाे छ ।”
 
मेसु सावलाई फाेन गर्दा फाेन नै उठ्दैन्, एउटा रिपाेर्टकाे लागि हामी जस्ताेलाई यत्राे कठिनाई र समस्या छ भने अरुलाई के हालत हाेला भन्न सकिदैन् ।
 
पिसिआर रिपाेर्टमा हुने गरेकाे ढिलाईका कारण कतिपयले ज्यान समेत गुमाउनु परेकाे गुनासाे आइरहेकाे छ । काेराेनाकाे लक्षणदेखिएकाहरुलाई वीरगंजका अस्पतालहरुले उपचार गर्न मानिरहेका छैनन् भने काेभिड अस्पतालले विना पिसिआर रिपाेर्टकाे भर्ना लिन पनि मानिरहेकाे छैन् । त्यहि भएर सम्बन्धित निकायकाे यसतर्फ ध्यान पुग्न जरुरी देखिन्छ ।
 
यस बिषयमा बुझ्न नारायणी अस्पतालका मेसु डा उपाध्यायसंग फाेनमा सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...