वीरगंज । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकारसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
याेसंगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ ।
संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट (मेसु) डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा १४ वर्षका बालक देखि ५६ वर्षका पुरुष रहेका छन् ।
मंगलबार संक्रमण पुष्टि भएका ३४ जनामा वीरगन्ज ब्यारेकका ३ जना नेपाली सेना, १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा १ जना, वयाेधा अस्पताल र नेशनल मेडिकल कलेजका एक/एक जना डाक्टर रहेका छन् ।
त्यसैगरी वीरगन्ज महानगरपालिकाकाे विभिन्न वडाका २१ बर्ष देखी ५६ बर्ष उमेर समुहका १५ जना, स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्षदेखी ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर २ का एक जना पुरुष र २ जना महिला रहेका छन् ।
यस्तै जिराभवानी गाउँपालिका सेढवाका २२ बर्षका १ जना युवा रहेको मेसु उपाध्यायले जानकारी दिए ।
त्यसैगरी बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ बर्षका १ जना पुरुष रहेका छन् ।