Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंज कारागार र श्रीसियामा ३ सय ६६ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसिया खाल्वा टाेलामा आइतबार काेराेना परिक्षणकाे लागि २ सय ४८ जनाकाे स्वाब संकलन गरिएकाे छ ।

महानगरपालिकाकाे “एक घर एक परिक्षण” अन्तर्गत वडाध्यक्ष बिसराज राउत कुर्मीको उपस्थितिमा २ सय ४८ जनाकाे स्वाब संकलन गरिएको नगर प्रमुखका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी गराए ।

यस्तै वीरगंज कारागारमा एक सय १८ जनाकाे स्वाब संकलन गरिएकाे कारागार कार्यालयले पर्साले जनाएकाे छ । 

कारागारमा कन्ट्याक ट्रेसिङका आधारमा ५५ पुरुष, १० महिला कैदिबन्दी, ३१ नेपाल आर्मी, ७ नेपाल प्रहरी र १५ कारागार कर्मचारी गरि कुल एक सय १८ जनाको स्वाव संकलन गरिएकाे कारागार प्रमुख श्रवण कुमार पाेखरेलले जानकारी दिए ।

उनले हाल सम्म सन्क्रमित सवै ८ कैदीबन्दी, ५ कर्मचारिको स्वास्थ्य अवस्था संतोषजनक नै रहेको र कारागार भित्र रहेका केहि कैदिबन्दिहरुमा सामान्य मौशमी फ्लू बाहेक कुनै जटिल स्वास्थ्य अवस्था नरहेको कारागार कार्यालयकाे आधिकारिक फेसबुक मार्फत जानकारी गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिवम् लेयर्सको फोहोरले गाउँमा फैलियो दुर्गन्ध, स्थानीयलाई चरम सास्ती

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने जैविक फोहोर तथा फोहोर पानीका कारण गादी खोला प्रदूषित बनेको स्थानीयले गुनासो गरेका...

बाराको पचरौतामा १५१ किलो गाँजा बरामद, तस्कर फरार

बारा । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति बेनौली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ...

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधता युक्त यस ताललाई केही समय...