Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नारायणीलाई पुन: काेराेना अस्पताल बनाउन लागेकाेमा बिराेध

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताललाई पुन: काेराेना अस्पताल बनाउन लागिएकाेमा बिराेध सुरु भएकाे छ ।  संघ सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नारायणी अस्पतालाई काेराेना अस्पताल बनाउ पत्रचार गरेपछि शनिबारदेखी साे अस्पतालाई पुन: काेराेना अस्पताल बनाउ तयारी गरिएकाे छ ।

नारायणीलाई काेराेना अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले पत्रचार गरेकाे कालिका टाइम्सले सार्बजनिक गरेपछि बिराेध सुरु भएकाे हाे ।

जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानीले एक प्रेस विज्ञप्ती जारी गर्दै नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउन लागिएकाेमा बिराेध गरेका छन् । उनले प्रेस विज्ञप्तीमार्फत वीरगंजकाे एक मात्र सरकारी नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउनु नहुने वताएका छन् ।

नारायणीलाई काेराेना अस्पताल बनाएकाे खण्डमा पनि थेग्न अवस्था नरहेकाेले अक्राे विकल्प खाेज्नु पर्ने उनकाे भनाई छ । काेराेना महामारीकाे समयमा आर्थिक अवस्था झन कमजाेर भएका जनताकाे एकमात्र सहारा नारायणी अस्पताललाई जनताकाे जिउ ज्यानसंग खेल्वाड नगर्न सराेकारवालाई चेतावनीसमेत दिएका छन् ।

वीरगंज महानगरका मेयरका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले आफ्नाे फेसबुकवालमा लेख्दै प्रधानमन्त्री र स्वास्थ्यमन्त्री ज्यु नारायणीलाई काेभिड बनाउदै हुनुहुन्छ, नेशनल मेडिकल कलेजलाई किन बनाउन सक्नु हुन्न ? प्रशन गरेका छन् । उनले सम्माननीय प्रधानमन्त्रीज्यु, माननीय स्वास्थ्य मन्त्रीज्यु,  वीरगजकाे अवस्थाकाे वारेमा यहाँहरु बेखवर हुनुहुन्छ जस्ताे लाग्याे । काेभिड संक्रमणबाट हरेक दिन मानिसकाे मृत्यु भैरहेकाे छ, यहाँको परिस्थिति हेर्ने हाे भने वीरगन्जका अधिकांश मानिस संक्रमित भएकाे अनुमान गर्न सकिन्छ । संक्रमितलाई घरमा थुनेर राख्नु परेकाे छ । अथक प्रयास पछि नारायणी अस्पतालाई गरिव जनताले उपचार पाउने अस्पतालकाे रुपमा संचालन गरेकाे थियाे ।

आज फेरि नारायणीलाई काेभिड वनाउदै हुनुहुन्छ । वीरगन्जमा रहेकाे सुविधा सम्पन्न नेशनल मेडिकल कलेजलाई काेभिड अस्पताल वनाउन किन सक्नुहुन्न माननीय मन्त्रीज्यु कि नेशनल मेडिकल कलेजकाे कर्जा चुक्ता गर्न बाकी छ ? यश अघि नेशनल मेडिकलमा ७ जना मृगौला बिरामीले अकालमा ज्यान गुमाउनु परेकाे थियाे । मन्त्रीज्यु यहाँहरुकाे वीरगन्जलाई हेर्ने गलत नजरियाकाे कारण ठुलाे क्षति हुनेवाला छ । समयमा चेत आयाेस । लेखेका छन् ।

समाजिक अभियान्ता ओकप्रकाश सरार्फले जनताको भावना, आवस्यक्ता, सम्मानित उच्च अदालतको आदेश, नागरिक आन्दोलन र सर्व पक्षिय लिखित निर्णयलाई बेवस्ता र बाइपास गर्दै पेलेर नरायणि अस्पताललाई पुनः कोभिड अस्पताल बनाउनु जनतामाथि घोर अन्याय हो, सबै मिलि बिरोध गरौ। आफ्नाे फेसबुकवालमा लेखेका छन् ।

यस्तै वीरगंजका पत्रकार क्रान्ति साह र सुरेश विडारीले आफ्नाे फेसबुकवालमा लेख्दै प्रधानमन्त्री ज्यू, स्वास्थ्य मन्त्री ज्यू वीरगञ्ज स्थित सुविधा सम्पन्न नेशनल मेडिकल कलेजलाई काेभिड अस्पताल बनाउन किन सक्नुहुन्न ? कि मेडिकल कलेजकाे कर्जा चुक्ता गर्न बाकी छ ? प्रशन गर्दै लेखेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...