26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नारायणीलाई पुन: काेराेना अस्पताल बनाउन लागेकाेमा बिराेध

वीरगंज । नारायणी अस्पताललाई पुन: काेराेना अस्पताल बनाउन लागिएकाेमा बिराेध सुरु भएकाे छ ।  संघ सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नारायणी अस्पतालाई काेराेना अस्पताल बनाउ पत्रचार गरेपछि शनिबारदेखी साे अस्पतालाई पुन: काेराेना अस्पताल बनाउ तयारी गरिएकाे छ ।

नारायणीलाई काेराेना अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले पत्रचार गरेकाे कालिका टाइम्सले सार्बजनिक गरेपछि बिराेध सुरु भएकाे हाे ।

जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानीले एक प्रेस विज्ञप्ती जारी गर्दै नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउन लागिएकाेमा बिराेध गरेका छन् । उनले प्रेस विज्ञप्तीमार्फत वीरगंजकाे एक मात्र सरकारी नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउनु नहुने वताएका छन् ।

नारायणीलाई काेराेना अस्पताल बनाएकाे खण्डमा पनि थेग्न अवस्था नरहेकाेले अक्राे विकल्प खाेज्नु पर्ने उनकाे भनाई छ । काेराेना महामारीकाे समयमा आर्थिक अवस्था झन कमजाेर भएका जनताकाे एकमात्र सहारा नारायणी अस्पताललाई जनताकाे जिउ ज्यानसंग खेल्वाड नगर्न सराेकारवालाई चेतावनीसमेत दिएका छन् ।

वीरगंज महानगरका मेयरका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले आफ्नाे फेसबुकवालमा लेख्दै प्रधानमन्त्री र स्वास्थ्यमन्त्री ज्यु नारायणीलाई काेभिड बनाउदै हुनुहुन्छ, नेशनल मेडिकल कलेजलाई किन बनाउन सक्नु हुन्न ? प्रशन गरेका छन् । उनले सम्माननीय प्रधानमन्त्रीज्यु, माननीय स्वास्थ्य मन्त्रीज्यु,  वीरगजकाे अवस्थाकाे वारेमा यहाँहरु बेखवर हुनुहुन्छ जस्ताे लाग्याे । काेभिड संक्रमणबाट हरेक दिन मानिसकाे मृत्यु भैरहेकाे छ, यहाँको परिस्थिति हेर्ने हाे भने वीरगन्जका अधिकांश मानिस संक्रमित भएकाे अनुमान गर्न सकिन्छ । संक्रमितलाई घरमा थुनेर राख्नु परेकाे छ । अथक प्रयास पछि नारायणी अस्पतालाई गरिव जनताले उपचार पाउने अस्पतालकाे रुपमा संचालन गरेकाे थियाे ।

आज फेरि नारायणीलाई काेभिड वनाउदै हुनुहुन्छ । वीरगन्जमा रहेकाे सुविधा सम्पन्न नेशनल मेडिकल कलेजलाई काेभिड अस्पताल वनाउन किन सक्नुहुन्न माननीय मन्त्रीज्यु कि नेशनल मेडिकल कलेजकाे कर्जा चुक्ता गर्न बाकी छ ? यश अघि नेशनल मेडिकलमा ७ जना मृगौला बिरामीले अकालमा ज्यान गुमाउनु परेकाे थियाे । मन्त्रीज्यु यहाँहरुकाे वीरगन्जलाई हेर्ने गलत नजरियाकाे कारण ठुलाे क्षति हुनेवाला छ । समयमा चेत आयाेस । लेखेका छन् ।

समाजिक अभियान्ता ओकप्रकाश सरार्फले जनताको भावना, आवस्यक्ता, सम्मानित उच्च अदालतको आदेश, नागरिक आन्दोलन र सर्व पक्षिय लिखित निर्णयलाई बेवस्ता र बाइपास गर्दै पेलेर नरायणि अस्पताललाई पुनः कोभिड अस्पताल बनाउनु जनतामाथि घोर अन्याय हो, सबै मिलि बिरोध गरौ। आफ्नाे फेसबुकवालमा लेखेका छन् ।

यस्तै वीरगंजका पत्रकार क्रान्ति साह र सुरेश विडारीले आफ्नाे फेसबुकवालमा लेख्दै प्रधानमन्त्री ज्यू, स्वास्थ्य मन्त्री ज्यू वीरगञ्ज स्थित सुविधा सम्पन्न नेशनल मेडिकल कलेजलाई काेभिड अस्पताल बनाउन किन सक्नुहुन्न ? कि मेडिकल कलेजकाे कर्जा चुक्ता गर्न बाकी छ ? प्रशन गर्दै लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.345 sec. Memory consumption:81.47 mb