Date
आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026

नेपाली कांग्रेस बिन्दवासिनीका संयाेजक चाैरसियाकाे निधन

वीरगञ्ज । नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाका संयोजक चन्द्रकिशाेर चाैरसियाकाे निधन भएकाे छ । बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाठा निवासी पूर्व गाविस अध्यक्ष समेत रहेका चौरसियाकाे शनिबार निधन भएकाे हाे ।

चाैरसियालाई नेपाली कांग्रेसका नेताहरुले श्रद्धान्जली दिएका छन् । नेताहरुले चौरसियाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गर्दै नेताहरु चौरसियाको निधनले नेपाली कांंग्रेस बिन्दवासिनिमा ठूलो क्षति पुगेको वताए ।

चौरसियालाई अन्तिम बिदाई तथा श्रद्धाञ्जली दिन नेपाली कांग्रेस पर्सा सभापति अजयकुमार द्विबेदी, पुर्बमन्त्री सुरेन्द्र चाैधरी, नेता जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य राजेश्वर साह, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, पर्सागढी नगरपालिकाका नगर प्रमुख लाेकनरायण यादव, बहुदरामाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह, तरुण दल पर्साका सचिव बिवेक चाैरसियालगायतका नेता तथा कार्यकर्ता पुगेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

माउन्ट मकालुमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कुलको आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। शिविर वीरगंज कम्युनिटी आई सेन्टर...

जनताको आधारभूत अपेक्षा पूरा गर्न सरकार किन असफल ?

राज्यको मुख्य दायित्व भनेको नागरिकलाई सहज सेवा, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र उत्पादनमुखी वातावरण उपलब्ध गराउनु हो । तर विडम्बना, आज पनि आम...

जिराभावानीमा रास्वपाको प्रथम गाउँपालिका भेला सम्पन्न, रामाकान्त चौधरी बने सभापति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिराभावानी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले रामाकान्त प्रसाद चौधरीको नेतृत्वमा...