Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

नेपाली कांग्रेस बिन्दवासिनीका संयाेजक चाैरसियाकाे निधन

spot_img
spot_img

वीरगञ्ज । नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाका संयोजक चन्द्रकिशाेर चाैरसियाकाे निधन भएकाे छ । बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाठा निवासी पूर्व गाविस अध्यक्ष समेत रहेका चौरसियाकाे शनिबार निधन भएकाे हाे ।

चाैरसियालाई नेपाली कांग्रेसका नेताहरुले श्रद्धान्जली दिएका छन् । नेताहरुले चौरसियाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गर्दै नेताहरु चौरसियाको निधनले नेपाली कांंग्रेस बिन्दवासिनिमा ठूलो क्षति पुगेको वताए ।

चौरसियालाई अन्तिम बिदाई तथा श्रद्धाञ्जली दिन नेपाली कांग्रेस पर्सा सभापति अजयकुमार द्विबेदी, पुर्बमन्त्री सुरेन्द्र चाैधरी, नेता जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य राजेश्वर साह, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, पर्सागढी नगरपालिकाका नगर प्रमुख लाेकनरायण यादव, बहुदरामाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह, तरुण दल पर्साका सचिव बिवेक चाैरसियालगायतका नेता तथा कार्यकर्ता पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...