26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंज हेल्थ केयरलाई काेभिड अस्पताल बनाउन सम्झाैता

बीरगन्ज । बीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गर्न शनिबार सम्झौता भएकाे छ ।

वीरगंज हेल्थ केयर अस्पताललाई काेभिड अस्पताल बनाउन सम्झाैता सम्पन्न भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए । उनले जिल्लामा लक्षणसहितका कोभिड बिरामीहरूको बढ्दो संख्यालाइ दृष्टिगत गरी सो अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गर्न सम्झौता गरिएको बताए ।

सप्रजिअ बस्नेतले भने, “अब आजदेखि नै लक्षणसहितका बिरामीहरूलाई उक्त अस्पतालमा भर्ना गरिने छ ।”

यसअघि, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गर्न केन्द्रिय संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अनुमतिका लागि सिफारिस गरेर पठाएको थियो ।

सिफारिस कै आधारमा शुक्रबार संघिय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालाई पत्र सहमि जनाए पछि अस्पतालसंग सम्झाैता गरिएकाे बुझिएकाे छ ।

त्यस्तै, बीरगन्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले पनि जिल्ला संकट व्यवस्थापन समिति, पर्सालाई पत्र लेख्दै अस्पताललाई कोभिड १९ अस्पतालमा रुपमा प्रयोग गर्न दिन तयार रहेको बताएका थिए । तर सम्झौता लागि उनले तीन शर्त संकट व्यवस्थापन समिति समक्ष राखेका थिए ।

अस्पतालमा एक शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको वताइएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:221. Generation time:4.311 sec. Memory consumption:81.48 mb