Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नारायणीलाई पुन: काेभिड अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयकाे पत्र

spot_img
spot_img

वीरगंज । वीरगंजकाे एक सरकारी नारायणी अस्पताललाई पुन: काेभिड अस्पताल बनाउन संघ सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएकाे छ ।

नारायणी अस्पताललाई काेभिड २ लेबलकाे काेराेना अस्पताल बनाउन पत्र प्राप्त भएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

उनले भने “नारायणीलाई काेभिड अस्पताल बनाउन शुक्रबार पत्र प्राप्त भएकाे हाे, पत्रमा उल्लेख भए अनुसार अस्पताललाई काेभिडल २ लेभलकाे निर्देशिका बमाेजिक काेभिड अस्पताल संचालन गरिन्छ । अस्पतालकाे डायलिसिस लगायतकाे सेवा बन्द गर्न ५ दिन पहिला नै पत्र प्राप्त भएकाे हाे । नारायणीमा हुदै आएकाे डायलिसिस लगायतकाे सेवा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लिनकाे पहिला जस्तै नै व्यवस्था गरिएकाे छ ।”

संकट व्यवस्थापन केन्द्रले वीरगंज हेल्थ केयरलाई काेराेना अस्पताल बनाउन सिफारिस गरेेकाे सम्बन्धमा पनि कुनै पत्र आए छ कि ? काे जवाफमा डा. उपाध्यायले पत्र आएकाे तर हामीले सम्झाैता गर्नु पर्ने हुन्छ, अस्पताल संचालकले केही शर्त राख्नु भएकाेले साे अनुसार कहाँ सम्झाैता गर्न सकिने जनाए ।

वीरगंज हेल्थ केयर अस्पतालका संचालकले आफुहरु जनशक्ति व्यवस्था गर्न नसक्ने शर्त राख्नु भएकाे छ । उनले भने “हिजाे शुक्रबार राति पनि नारायणी अस्पतालकाे एक डाक्टरमा काेराेना संक्रमण फेला परेकाे छ । नारायणी अस्पतालले अहिलेकाे अवस्थामा एकलै सबै ठाउँमा जनशक्ति व्यवस्था गर्न कहाँ सक्छ ।”

यस अघि पनि सुरुमा नारायणी अस्पतालालाई काेराेना अस्पताल बनाइएकाे थियाे । नारायणी अस्पताललाई काेराेना अस्पताल बनाएपछि त्यहाँकाे सम्पूर्ण जेनरल सेवा बन्द गरिएकाे थियाे । त्यसपछि व्यापक बिराेध भएपछि पुन: केही दिन पहिला मात्र नारायणीकाे आइसाेलेसनमा रहेका काेराेना बिरामीहरु डिस्चार्ज भएपछि जेनरल सेवा सुचारु गरिएकाे थियाे ।

अब फेरी नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउनु नहुने जनताकाे चाहना विपरित संघ सरकारले नारायणीलाई नै काेराेना अस्पताल बनाउन निर्णय गरेकाे छ । यसले समस्या समाधान नभएर थप समस्या निम्त्याउने देखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...