Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

मिलनचाैकमा शव गाड्ने बिषयमा तनाव, प्रहरीद्वारा हवाई फायर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३१, मिलनचाैकमा काेराेना संक्रमितकाे शव गाड्ने बिषयमा तनाव भएकाे छ ।

काेराेना संक्रमितकाे शव गाड्ने कार्यमा स्थानियहरु अवराेध गरेपछि तनाव भएकाे हाे । सयाैंकाे संख्यामा मिलनचाैकमा जम्मा भएका स्थानियहरु आफ्नाे क्षेत्रमा शव गाड्न नहुने अडान लएका छन् ।

प्रहरीले स्थानियहरुलाई सम्झाउदा बुझाउदा पनि नमानेपछि ठूलाे संख्या जम्मा भएकाे भिड हटाउन प्रहरीले आश्रु ग्यास र हवाई फायर समेत गरेकाे छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ४ पटक हवाई फायर गरेे पनि स्थानियहरु पछाडी हटेका छैफी नन् ।

प्रहरी आश्रु ग्यास र हवाई फायर गरेपछि बिराेधमा उत्रेका स्थानियहरु ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेकाे स्थानिय युवा प्रकाश कुमारले वताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे बाक्लाे उपस्थिती रहेकाे छ भने नेपाली सेना मिलनचाैकमा देखिएकाे छैन् ।

काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव गाड्नकाे लागि दुईटा जेसिभि समेत मिलनचाैक पुगेकाे छ । काेराेना संक्रमितकाे शव व्यव्थापनकाे लागि मिलनचाैक पुगेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जेसिभि देख्नै वित्कै स्थानियहरु बिराेधमा उत्रेका थिए ।

यस अघि पनि साउन १२ गते मिलनचाैकबासीकाे अवराेधका कारण शव व्यवस्थापनमा समस्या आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...