Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

मिलनचाैकमा शव गाड्ने बिषयमा तनाव, प्रहरीद्वारा हवाई फायर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३१, मिलनचाैकमा काेराेना संक्रमितकाे शव गाड्ने बिषयमा तनाव भएकाे छ ।

काेराेना संक्रमितकाे शव गाड्ने कार्यमा स्थानियहरु अवराेध गरेपछि तनाव भएकाे हाे । सयाैंकाे संख्यामा मिलनचाैकमा जम्मा भएका स्थानियहरु आफ्नाे क्षेत्रमा शव गाड्न नहुने अडान लएका छन् ।

प्रहरीले स्थानियहरुलाई सम्झाउदा बुझाउदा पनि नमानेपछि ठूलाे संख्या जम्मा भएकाे भिड हटाउन प्रहरीले आश्रु ग्यास र हवाई फायर समेत गरेकाे छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ४ पटक हवाई फायर गरेे पनि स्थानियहरु पछाडी हटेका छैफी नन् ।

प्रहरी आश्रु ग्यास र हवाई फायर गरेपछि बिराेधमा उत्रेका स्थानियहरु ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेकाे स्थानिय युवा प्रकाश कुमारले वताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे बाक्लाे उपस्थिती रहेकाे छ भने नेपाली सेना मिलनचाैकमा देखिएकाे छैन् ।

काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव गाड्नकाे लागि दुईटा जेसिभि समेत मिलनचाैक पुगेकाे छ । काेराेना संक्रमितकाे शव व्यव्थापनकाे लागि मिलनचाैक पुगेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जेसिभि देख्नै वित्कै स्थानियहरु बिराेधमा उत्रेका थिए ।

यस अघि पनि साउन १२ गते मिलनचाैकबासीकाे अवराेधका कारण शव व्यवस्थापनमा समस्या आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...