Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव अस्पताल मै, व्यवस्थापन हुन सकेन

spot_img
spot_img

वीरगंज । काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाकाे शव व्यवस्थापनकाे समस्या समाधान हुन सकेकाे छैन् । समस्या समाधान नहुदा ३ दिन देखी मृत्यु भएका काेराेना संक्रमितकाे शव अस्पताल मै रहेकाे छ ।

काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव अस्पताल मै रहेकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए । बुधबार मृत्यु भएका २ जना र बिहिबार मृत्यु भएका ३ जनाकाे गरी ५ जनाकाे शव अस्पताल मै रहेकाे छ ।

शवकाे व्यवस्थापनकाे जिम्मा सेनाकाे भएकाे र जनताकाे अवराेधका कारण सेनाले शव व्यवस्थापन गर्न नसकेकाे नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डकका संयाेजक डा. उदय नारायण सिंहले वताए ।

सुरुमा जलाएर काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्दा समस्या नदेखिए पनि पछि गाडेर व्यवस्थापन गर्न थाल्दा समस्या देखिएकाे हाे ।

सेनाले साउन १२ गते साेमबार वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ मिलनचाेकस्थित काेराेना संक्रमितकाे शव गाडेर व्यवस्थापन गर्न खाेज्दा स्थानियहरु अवराेध गरेका थिए । स्थानियहरुकाे अवराेधका कारण साेही दिन आधि रातमा सेनालाई तिलावे नदीमा जेसिभिले शव गाडेर व्यवस्थापन गर्नु परेकाे थियाे ।

तर त्यसकाे भाेली पल्ट मंगलबार वीरगंज  १७ अलाैं, काेनिया र वीरगंज  २५, केहुनियाका स्थानियहरुले पनि बिराेध प्रदर्शन गरेका थिए । त्यसपछि हाल सम्म शव व्यवस्थापन हुन सकेकाे छैन् भने त्यस यता थप ५ जना काेराेना संक्रमित मृत्यु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...