Date
बिहि, भदौ १८, २०८३
Thu, September 3, 2026

काेराेना संक्रमणबाट वीरगंज नगवाका ३५ बर्षिय युवककाे मृत्यु

spot_img
spot_img

वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट वीरगञ्जम थप एक जनाको मृत्युु भएको छ । वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको बिहिबार सांझ गण्डक काेराेना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा. उदय नारायण सिंहले वताए ।

ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर एक दिन अघि बुधबार मात्र गण्डक कोरोना अस्पताल आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ :४० बजे निधन भएको डा. सिंहले जानकारी दिए ।
चिकित्सकका अनुसार मृतक युवककाे अरु कुनै राेग थिएन ।

ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भए ।

त्यहाँबाट उनलाई कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

मृतकसहित बिहिबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना महिला छन् ।

नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधी कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...