वीरगंज । भारतको रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जानकी मन्दिर जनकपुरको माटो पठाइने तयारी भइरहेको छ ।
राम जन्मभूमि अयोध्यामा ५ अगस्त हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने बिनय यादव नेतृत्वका राष्ट्रिय एकता अभियानको कार्यक्रम रहेको छ ।
उक्त अभियानले जनकपुरस्थित जानकी मन्दिरबाट पठाउने माटाे समेत लिइसकेको छ । अभियानका सदस्य मनीष हिन्दूको नेतृत्वमा लिएको माटो काठमाडौँ पशुपतिनाथमा पूजा अर्चना गरी अयोध्याको लागी पठाइने तयारी भएको अध्यक्ष यादवले बताए ।
प्रतिक्रिया लेख्नुहोस