Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

वीरगंजमा विज्ञसहितकाे चिकित्सक र स्वास्थ्यकर्मीकाे टाेली पठाउन आग्रह

spot_img
spot_img
वीरगंज । पर्साकाे प्रमुख राजनैतिक दल नेपाली कांग्रेस, जसपा र नेकपाका अध्यक्ष तथा प्रतिनिधिसहितकाे सर्वपक्षीय बैठक सम्पन्न भएकाे छ ।
बैठकले पर्सा जिल्लामा कोभिड संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गैरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै कोभिड संक्रमण नियन्त्रण गर्न विज्ञसहितको चिकित्सक र स्वास्थकर्मीहरुको विशेष टोली तत्काल वीरगंज पठाउन संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आग्रह गरेको छ ।
यस्तै बैठकले कोभिड संक्रमित दिनहु सयौं देखिन थालेकोले अहिले भएको कोबिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर उपचारबाट बन्चित हुनु परिरहेको विषम परिस्थिति देखा परेकोले कोभिड संक्रमितको उपचारकाे लागि थप कोबिड अस्पतालको अत्यावश्यक भएको ठहर गर्दै नेशनल मेडिकल शिक्षण अस्पताल, वयोधा अस्पताल, बीरगंज हेल्थ केयर अस्पताल लगायत निजी अस्पतालहरु मध्ये लिएर अबिलम्ब कोभिड अस्पतालको व्यवस्थापन र संचालन गर्न संघिय सरकार संग माग समेत गरेको छ ।
वीरगंज उद्याेग वाणिज्य संघमा बसेकाे बैठकले नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न एवम् नारायणी अस्पताललाइ रुटिङ हेल्थ सर्भिस अर्थात जनरल अस्पताल कै रुपमा सुचारु राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष आग्रह गरेको छ ।
यसका साथै बैठकले बीरगन्जमा विधुतिय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय समेत गरेकाे बैठकमा सहभागि प्रदेश सांसद राजेश्वर साहले वताए ।
बैठकमा नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी, जनता समाजवादी पार्टीका रामनरेश यादव, नेकपाका प्रतिनिधि महेश दास, प्रदेश सांसद ओम प्रकाश शर्मा, राजेश्वर साह तेली, डा. अन्जु यादव, जन्नत अन्सारी, वीरगंज उघोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, प्राध्यापक लालन द्धिवेदी, समाजिक अभियन्ता ओम प्रकाश सरार्फ, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ, बिजेश्वर प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...