Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल

spot_img
spot_img

नायक सुशान्त सिंह राजपुतको निधनपछि प्रहरीले यो घटनालाई व्यवसायिक कोणबाट अनुसन्धान गरिरहेको थियो । तर, अब सुशान्तका पिताले नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

उजुरी परेसँगै पटनाका ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । उनीहरुले सुशान्तको अपार्टमेन्टको पनि जाँच गर्नेछन् । यसैविच, एफआइआर दर्ता भएपछि रियाकी वकिल मंगलबार बेलुकी उनको घर पुगेकी थिइन् । उनले, अग्रिम जमानतको प्रक्रिया समेत सुरु गरेको बताइएको छ ।

भारतीय मिडियाका अनुसार रिया घरमा नभेटिएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । यस्तै, सुशान्तको परिवारका वकिल विकास सिंहले रियालाई तुरुन्तै पक्राउ गर्न माग गरेका छन् । रियाले सुशान्तको बैंकबाट पैसा निकाल्ने गरेको, परिवारसँग कुरा गर्न नदिएको आरोप सुशान्तको परिवारले लगाउँदै आएको छ ।

सुशान्त र रिया केही महिनादेखि लिभिङ टूगेदरमा थिए । तर, सुशान्तले आत्महत्या गर्नुभन्दा केही दिन अगाडि मात्र रिया आफ्नो घरमा फर्किएकी थिइन् । रियाले सुशान्तको अपार्टमेन्ट छाडेपछि उनको नम्बर ब्लक गरेको र निरन्तर ब्ल्याकमेल गरिरहेको आरोप सुशान्तका पिताले लगाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...