26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

काेराेना अपडेट : वीरगंजमा बुधबारमात्रै दुई संक्रमितकाे मृत्यु

वीरगन्ज । वीरगन्जमा बुधबार काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । वीरगंजकाे छुट्टाछुट्टै अस्पतालमा काेराेना संक्रमित २ जनाकाे मृत्यु भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।

बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ ७० वर्षीय र नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारार्थ ६८ वर्षीय वृद्धको मृत्यु भएको हो ।

मेडिकल कलेजमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएका ७० वर्षीय वृद्धको साँझ नारायणी अस्पतलाको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए ।

चिकित्सकका अनुसार वीरगन्ज महानगरपालिका–६ माइस्थान निवासी ती वृद्ध मिर्गौला र दमका बिरामी थिए । उनको छातीमा पानीसमेत जमेको थियो ।

यस अघि नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ६ दिनदेखि उपचाररत वीरगन्ज ७, रेशमकाेठीका ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियाे ।

अस्पतालका संयाेजक डा. उदय नारायण सिंहका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।

कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको डा. सिंहले बताए । ‘६ दिनदेखि कोरोना अस्पतालमा उपचार गराइरहेका ६८ वर्षीय वृद्ध पुराना मुटुरोगी पनि थिए,’ डा. सिंहले भने, ‘बुधबार १० बजेर ४५ मिनेटमा उनको मृत्यु भएको छ ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:216. Generation time:3.704 sec. Memory consumption:81.49 mb