Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

“एक घर एक परिक्षण” अन्तर्गत श्रीसियामा २ सय ३० जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरग‌ंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ ड्राइपाेर्ट श्रीसियामा आज २ सय ३० जनाकाे स्वाब संकलन गरिएकाे छ ।

महानगरले सुरु गरेकाे “एक घर एक परिक्षण” अभियान अन्तर्गत काेराेना परिक्षणकाे लागि श्रीसियामा बुधबार २ सय ३० जनाकाे स्वाब संकलन गरिएकाे नगर प्रमुखका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले वताए ।

वडाध्यक्ष बीसराज राउत कुर्मीको विशेष उपस्थितिमा महानगरद्वारा खटिएको टोलिले पिसिआर बिधिबाट काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरेकाे उनले जानकारी गराए ।

स्वाब संकलन कार्यमा स्थानिय सन्जय पटेल लगायतका युवाहरु स्वयंसेवककाे रूपमा सहयोग गरेका थिए ।

यस अघि “एक घर एक परिक्षण” अभियानकाे स्वाब संकलनकाे सुभारम्भ आइतबार वीरगंज महानगरकाे वडा नं. ९ स्थित रेल्वे माध्यमिक विध्यालयबाट गरिएकाे थियाे । साे दिन काेराेना परिक्षणकाे लागि एक सय १३ जनाकाे स्वाब संकलन गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...

शिवम् लेयर्सको फोहोरले गाउँमा फैलियो दुर्गन्ध, स्थानीयलाई चरम सास्ती

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने जैविक फोहोर तथा फोहोर पानीका कारण गादी खोला प्रदूषित बनेको स्थानीयले गुनासो गरेका...

बाराको पचरौतामा १५१ किलो गाँजा बरामद, तस्कर फरार

बारा । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति बेनौली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ...