Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

“एक घर एक परिक्षण” अन्तर्गत श्रीसियामा २ सय ३० जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरग‌ंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ ड्राइपाेर्ट श्रीसियामा आज २ सय ३० जनाकाे स्वाब संकलन गरिएकाे छ ।

महानगरले सुरु गरेकाे “एक घर एक परिक्षण” अभियान अन्तर्गत काेराेना परिक्षणकाे लागि श्रीसियामा बुधबार २ सय ३० जनाकाे स्वाब संकलन गरिएकाे नगर प्रमुखका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले वताए ।

वडाध्यक्ष बीसराज राउत कुर्मीको विशेष उपस्थितिमा महानगरद्वारा खटिएको टोलिले पिसिआर बिधिबाट काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरेकाे उनले जानकारी गराए ।

स्वाब संकलन कार्यमा स्थानिय सन्जय पटेल लगायतका युवाहरु स्वयंसेवककाे रूपमा सहयोग गरेका थिए ।

यस अघि “एक घर एक परिक्षण” अभियानकाे स्वाब संकलनकाे सुभारम्भ आइतबार वीरगंज महानगरकाे वडा नं. ९ स्थित रेल्वे माध्यमिक विध्यालयबाट गरिएकाे थियाे । साे दिन काेराेना परिक्षणकाे लागि एक सय १३ जनाकाे स्वाब संकलन गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...