Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

एसिड आक्रमणबाट घाईते भएकी पवित्रलाई हिन्दु परिषदको आर्थिक सहयोग

spot_img
spot_img

वीरगंज । एसिड आक्रमणबाट घाईते भएकी काठमाण्डौ सीतापाईलामा बस्ने ओखलढुंगा स्थायी ठेगाना भएकी २२ बर्षिय पवित्रा कार्कीलाई विश्व हिन्दु परिषद नेपालले आर्थिक सहयोग गरेको छ ।

कृतिपुर स्थित रहेको बोर्न अस्पतालमै पुगेका परिषदका महामन्त्री जितेन्द्र सिंह सहितको टोलीले कार्कीलाई नगद ५१ हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराई शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

परिषदका महामन्त्री सिंह सहित परिषद सचिव (मन्त्री) प्रल्हाद रेग्मी, सदस्य बाबु सरण सुवेदी, परिषदका काठमाण्डौ महानगर जितेन्द्र तुलाधर, मातृशक्ति काठमाण्डौ जिल्लाका अध्यक्ष सोनी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

एसिड आक्रमण गर्ने रौतहट लक्ष्मीपुर ४ घर भई काठमाण्डौ डल्लु बस्दै आएका ४७ बर्षिय मोहम्मद आलम सहितका दोषीलाई कडा कारवाही गर्नुपर्ने माँग समेत परिषदले सम्बन्धीत निकाय संग गरेको छ ।

महामन्त्री सिंहले भने, प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा एसिड प्रहार गर्नु अमानवीय घटना भएकोले यसमा संलग्न अपराधीलाई कडा भन्दा कडा कारवाही तथा पिडितलाई उचित क्षतिपुर्ती राज्यले दिनुपर्छ ।

लव जिहादको नाममा नेपाली चेलीहरुमाथि मोहम्मद आलम जस्ता मानवरुपी दानवहरुको कुदृष्टि रहेकोले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यिनिहरुबाट सजग र सावधान रहन आग्रह समेत उनले गरे ।

बिहिबार साँझ डेराबाट दही किन्न निस्केकी कार्की माथि आलम र उनका सहयोगि भारती नागरिक मुन्ना मोहमदले एसिड प्रहार गरी घाईते बनाएको थियो । हाल दुवै आरोपी पक्राउ परीसकेका छन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...