36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

एसिड आक्रमणबाट घाईते भएकी पवित्रलाई हिन्दु परिषदको आर्थिक सहयोग

वीरगंज । एसिड आक्रमणबाट घाईते भएकी काठमाण्डौ सीतापाईलामा बस्ने ओखलढुंगा स्थायी ठेगाना भएकी २२ बर्षिय पवित्रा कार्कीलाई विश्व हिन्दु परिषद नेपालले आर्थिक सहयोग गरेको छ ।

कृतिपुर स्थित रहेको बोर्न अस्पतालमै पुगेका परिषदका महामन्त्री जितेन्द्र सिंह सहितको टोलीले कार्कीलाई नगद ५१ हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराई शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

परिषदका महामन्त्री सिंह सहित परिषद सचिव (मन्त्री) प्रल्हाद रेग्मी, सदस्य बाबु सरण सुवेदी, परिषदका काठमाण्डौ महानगर जितेन्द्र तुलाधर, मातृशक्ति काठमाण्डौ जिल्लाका अध्यक्ष सोनी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

एसिड आक्रमण गर्ने रौतहट लक्ष्मीपुर ४ घर भई काठमाण्डौ डल्लु बस्दै आएका ४७ बर्षिय मोहम्मद आलम सहितका दोषीलाई कडा कारवाही गर्नुपर्ने माँग समेत परिषदले सम्बन्धीत निकाय संग गरेको छ ।

महामन्त्री सिंहले भने, प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा एसिड प्रहार गर्नु अमानवीय घटना भएकोले यसमा संलग्न अपराधीलाई कडा भन्दा कडा कारवाही तथा पिडितलाई उचित क्षतिपुर्ती राज्यले दिनुपर्छ ।

लव जिहादको नाममा नेपाली चेलीहरुमाथि मोहम्मद आलम जस्ता मानवरुपी दानवहरुको कुदृष्टि रहेकोले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यिनिहरुबाट सजग र सावधान रहन आग्रह समेत उनले गरे ।

बिहिबार साँझ डेराबाट दही किन्न निस्केकी कार्की माथि आलम र उनका सहयोगि भारती नागरिक मुन्ना मोहमदले एसिड प्रहार गरी घाईते बनाएको थियो । हाल दुवै आरोपी पक्राउ परीसकेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.364 sec. Memory consumption:82.49 mb