Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरिया नपाकाे याेजना तर्जुमा एवं कार्यालय व्यवस्थापना बारे ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले नगरपालिकाकाे याेजना तर्जुमा एवं कार्यालय व्यवस्थापन बारे  नगर प्रमुख राैनियारकाे ध्यानाकर्षण गराएकी छन् । उप प्रमुख खातुनले बुधबार नगरप्रमुख दिपनारायण रौनियारलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएकी हुन् ।

ध्यानाकर्षण पत्रमा उपप्रमुख खातुनले नगरप्रमुख रौनियार र कार्यालय प्रशासनले नगरवासीको गुनासोलाई गम्भिरतापुर्वक नलिएको आरोप लगाएकी छन् । खातुनले नगरपालिकाको काम कारवाहीको विषयमा आफु सधै तत्पर रहँदै आएपनि नगर प्रमुख राैनियारले कुनै चासाे नदेखाएकाे आराेप लगाएकी छन् ।

उनले चालु आर्थिक वर्षकालागि योजना तर्जुमा गर्न विभिन्न समितिहरुको बैठक बोलाउन विगत एक महिनादेखि ताकेता गर्दा पनि मेयर रौनियारले आनाकानी गरेको बताएकी छन् । त्यसैरी कार्यालयको सेवा प्रवाहमा समेत मेयर चुक्दै आएको उपप्रमुख खातुनको आरोप छ ।

मेयर रौनियारलाई बुझाएको ध्यानाकर्षण पत्र मार्फत उपमेयर खातुनले समुदाय स्तरमा कोरोना फैलिदाँ समेत नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक किन नबोलाएको भन्दै प्रश्न गरेकी छिन् । उपप्रमुख खातुनले मेयर रौनियारको कमजोरीका कारण नगरको वडाहरुमा कोरोना सङ्क्रमणको अवस्था पता लगाउन पिसिआर परिक्षण समेत सुरु हुननसकेको र फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको जोखिम भत्ता व्यवस्थापनमा समेत ढिलाई भएको बताएकी छन् ।

यस्तै, विद्यालयका बालिकाहरुको लागि नगरपालिकाले प्याड खरिद गरेको तर बाँड्न कुनै योजना नबनाएर थन्काइएको उपमेयर खातुनकाे भनाई छ ।

विगत ४ महिनादेखि नगरका विद्यालयमा पठन-पाठन बन्द रहे पनि वैकल्पिक शिक्षाका लागि नगरस्तबाट हुने पहलमा मेयर रौनियारले छलफलका लागि बैठक समेत नबोलाएको पत्रमा उल्लेख छ ।

उप प्रमुख खातुनले उल्लेखित मागहरुलाई छिटो भन्दा छिटो सम्बोधन नगरीए आफु आन्दोलनमा उत्रिने चेतावनी समेत दिएकी छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...