Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरिया नगरपालिकामा हरित अभियान अन्तर्गत वृक्षाराेपण सुरु

spot_img
spot_img

पाेखरिया । पर्साकाे पाेखरिया नगरपालिकामा प्रदेश हरित अभियान कार्यक्रम अन्तर्गत वृक्षाराेपण सुरु गरिएकाे छ । प्रदेश सरकार र डिभिजन बन कार्यालय पर्साकाे सहयाेगमा पोखरिया नगरपालिकाले आज देखी वृक्षाराेपण सुरु गरेकाे हाे ।

नगरपालिकाकाे वडा नं. ९ सेमरबारी बार्वाबाट सुरु गरिएकाे हरित अभियान कार्यक्रम अन्तर्गत ४ सय विरुवा राेपिने मेयर दिपनारायण राैनियारले वताए । नगरपालिकाकाे वडा नं. ४, ५, ७ र ९ मा १००/१०० वटा विरुवा राेपिने उनले जानकारी गराए ।

सेमरवारी बार्वाकाे चाैकमा आज एक कार्यक्रमकाे बिच ४५ वटा विरुवा राेपिएकाे मेयर राैनियारका स्वकिय सचिव राजु राैनियारले वताए ।

उनका अनुसार वृक्षाराेपणकाे लागि प्रदेश सरकार र डिभिजन वन कार्यालयले विरुवा र टिगार्ड उपलब्ध गराएकाे छ । नगरपालिकाले टिगार्डकाे रंग राेहण गरी वृक्षाराेपण गर्नुकाे साथै त्यसकाे हेरचाह गर्ने छ ।

वृक्षा राेपण कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयाेजक नेकमहमद अन्सारी, नगरपालिका मेयर रौनियार, उप-मेयर सालमा खातुन, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, सलाउदिन अहमत, वडा नं. ९ का वडाध्यक्ष रामबाबु प्रसाद चाैहान, वडा नं. १० का वडाध्यक्ष साेनालाल साह कानु, कार्यपालिका सदस्य नरेन्द्र साह कानु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...