Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरिया नगरपालिकामा हरित अभियान अन्तर्गत वृक्षाराेपण सुरु

spot_img
spot_img

पाेखरिया । पर्साकाे पाेखरिया नगरपालिकामा प्रदेश हरित अभियान कार्यक्रम अन्तर्गत वृक्षाराेपण सुरु गरिएकाे छ । प्रदेश सरकार र डिभिजन बन कार्यालय पर्साकाे सहयाेगमा पोखरिया नगरपालिकाले आज देखी वृक्षाराेपण सुरु गरेकाे हाे ।

नगरपालिकाकाे वडा नं. ९ सेमरबारी बार्वाबाट सुरु गरिएकाे हरित अभियान कार्यक्रम अन्तर्गत ४ सय विरुवा राेपिने मेयर दिपनारायण राैनियारले वताए । नगरपालिकाकाे वडा नं. ४, ५, ७ र ९ मा १००/१०० वटा विरुवा राेपिने उनले जानकारी गराए ।

सेमरवारी बार्वाकाे चाैकमा आज एक कार्यक्रमकाे बिच ४५ वटा विरुवा राेपिएकाे मेयर राैनियारका स्वकिय सचिव राजु राैनियारले वताए ।

उनका अनुसार वृक्षाराेपणकाे लागि प्रदेश सरकार र डिभिजन वन कार्यालयले विरुवा र टिगार्ड उपलब्ध गराएकाे छ । नगरपालिकाले टिगार्डकाे रंग राेहण गरी वृक्षाराेपण गर्नुकाे साथै त्यसकाे हेरचाह गर्ने छ ।

वृक्षा राेपण कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयाेजक नेकमहमद अन्सारी, नगरपालिका मेयर रौनियार, उप-मेयर सालमा खातुन, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, सलाउदिन अहमत, वडा नं. ९ का वडाध्यक्ष रामबाबु प्रसाद चाैहान, वडा नं. १० का वडाध्यक्ष साेनालाल साह कानु, कार्यपालिका सदस्य नरेन्द्र साह कानु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...