Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

तिलावे नदीमा काेराेना संक्रमित मृतककाे शव गाडेकाे विरुद्धमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव तिलावे नदि किनारमा गाडेकाे विरुद्धमा मंगलबार सांझ प्रदर्शन भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैं वासीहरुले तिलावे पुल नजिक नदि किनारमा शव गाडेकाे विरुद्धमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रेका स्थानियवासीहरुले तिलावे नदीमा शव गाडन पाइदैन, काेराेना सार्न पाइदैन लगयातका नारा लगाउदै विराेध प्रदर्शन गरेका हुन् ।

अलाैंस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिक मुख्य सडकमा प्रदर्शनमा उत्रेकाहरुले जिल्ला विपद व्यवस्थापन समितिका संयाेजक प्रमुख जिल्ला अधिकारी, नेकपा, नेपाली कांग्रेस र जनता समाजवादीका जिल्ला अध्यक्षहरु विरुद्ध समेत चक्राे नारा लगाएका थिए ।

तिलावे पुल नजिक नदि किनारमा साेमबार आधी रातमा जेसिबीले खनेर काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव गाडेकाेले यस क्षेत्रमा काेराेना सर्न सक्ने भन्दै स्थानियहरु विराेधमा उत्रेकाे वताए । बस्ती नजिक रहेकाे नदी किनारमा शव गाड्दा नदीमा आउने बाढीले शव वगाउदा काेराेना सर्न सक्ने उनीहरुकाे भनाई छ ।

साेही ठाउँमा केही दिन पहिला मात्र काेराेना संक्रमणबाट नै मृत्यु भएकाकाे शव जलाएर व्यवस्थापन गर्दा कुनै विराेध भएकाे थिएन । तर त्यही ठाउँमा शव गाडेर व्यवस्थापन गर्दा विराेध भएकाे हाे ।

यस अघि त्यही शवलाई वीरगंज महानगपालिका कै वडा नं. ३१, मिलन चाैकस्थित साेमबार सांझ शव गाडन खाेज्दा विराेध भएकाे पछि शव व्यवस्थापन हुन सकेकाे थिएन । शव गाडनकाे लागि जेसिबी पुगि सक्दा समेत विराेधका कारण शव व्यवस्थापन प्रभावित भएकाे थियाे ।

शव जलाएर व्यवस्थापन गर्दा समस्या नदेखिए पनि गाडेर व्यवस्थापन गर्दा समस्या देखिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...