Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

कोरोना रिपोर्ट नेगिटिभ आएपछि डिस्चार्ज भए ऐश्वर्या र आराध्या

spot_img
spot_img

बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । नायक अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी ट्विटमार्फत दिएका छन् ।

अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता मेडिकल स्टाफको निगरानीमा छौं ।’

४६ बर्षिया ऐश्वर्या र ८ बर्षकी आराध्याको जुलाई १२ मा रिपोर्ट पोजिटिभ आएको थियो । तर, लक्षण केही पनि नदेखिएपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । तर, जुलाई १७ मा स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई नानावती अस्पतालमा भर्ना गरिएकबो थियो । उनीहरु, १० दिन अस्पतालमा रहेका थिए ।

७७ बर्षका अमिताभ बच्चन र ४४ बर्षका अभिषेक बच्चनमा पनि सामान्य लक्षण देखिएपछि जुलाई ११ मा अस्पताल भर्ना गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...