Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंजमा निषेधाज्ञाकाे दाेस्राे दिन झन कडाई, बैंकहरु पनि बन्द

spot_img
spot_img

वीरगंज । वीरगंजमा निषेधाज्ञा जारी भएकाे दाेस्राे दिन आज झन कडाई गरिएकाे छ । वीरगंज मुख्य सडकहरु सुनसान देखिएकाे छ भने सरकारी तथा गैर सरकारी सम्पूर्ण कार्यालयहरु बन्द भएका छन् ।

वीरगंजमा लक्षणसहितकाे काेराेना संक्रमित देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार विहान देखी निषेधाज्ञा जारी गरेकाे हाे ।

संकट व्यवस्थापन केन्द पर्साकाे साउन ९ गते शुक्रबार बसेकाे बैठकले निषेधाज्ञा अवधिमा अति आवश्यक भित्र पर्ने बैंकहरु संचालन गर्न जनाए पनि जिल्ला प्रशासन कार्यालय पर्साले आज विहान एक सुचना जारी गर्दै भन्सार, आइसिपी र ड्राइपाेर्टमा रहेका बैंकहरु बाहेककाे सबै बैंकहरु बन्द रहेने जनाए पछि बैंकहरु पनि बन्द भएका हुन् ।

भिडभाड हुने स्थानहरु मध्ये बैंकहरु पनि एउटा भएकाे आलाेचना भएपछि बन्द गरिएकाे हाे ।

काेराेना महामारी नियन्त्रण तथा राेकथामकाे लागि जारी गरिएकाे निषेधाज्ञा आम जनताकाे जिवनकाे रक्षाकाे लागि भएकाेले निषेधाज्ञाकाे पूर्ण रुपले पालना गर्दै सहयाेग गर्न सहायक प्रमुख जिल्ला अधिकारी ललिका कुमार बस्नेतद्वारा जारी सुचना मार्फत आग्रह गरिएकाे छ ।

काेराेना महामारीकाे जाेखिम कम हुदै गएकाे अवस्थामा क्रमश निषेधाज्ञा खुकुलाे बनाउदै जाने जारी सुचना मार्फत नै जानकारी समेत गराइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...