Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

वीरगंजमा निषेधाज्ञाकाे दाेस्राे दिन झन कडाई, बैंकहरु पनि बन्द

spot_img
spot_img

वीरगंज । वीरगंजमा निषेधाज्ञा जारी भएकाे दाेस्राे दिन आज झन कडाई गरिएकाे छ । वीरगंज मुख्य सडकहरु सुनसान देखिएकाे छ भने सरकारी तथा गैर सरकारी सम्पूर्ण कार्यालयहरु बन्द भएका छन् ।

वीरगंजमा लक्षणसहितकाे काेराेना संक्रमित देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार विहान देखी निषेधाज्ञा जारी गरेकाे हाे ।

संकट व्यवस्थापन केन्द पर्साकाे साउन ९ गते शुक्रबार बसेकाे बैठकले निषेधाज्ञा अवधिमा अति आवश्यक भित्र पर्ने बैंकहरु संचालन गर्न जनाए पनि जिल्ला प्रशासन कार्यालय पर्साले आज विहान एक सुचना जारी गर्दै भन्सार, आइसिपी र ड्राइपाेर्टमा रहेका बैंकहरु बाहेककाे सबै बैंकहरु बन्द रहेने जनाए पछि बैंकहरु पनि बन्द भएका हुन् ।

भिडभाड हुने स्थानहरु मध्ये बैंकहरु पनि एउटा भएकाे आलाेचना भएपछि बन्द गरिएकाे हाे ।

काेराेना महामारी नियन्त्रण तथा राेकथामकाे लागि जारी गरिएकाे निषेधाज्ञा आम जनताकाे जिवनकाे रक्षाकाे लागि भएकाेले निषेधाज्ञाकाे पूर्ण रुपले पालना गर्दै सहयाेग गर्न सहायक प्रमुख जिल्ला अधिकारी ललिका कुमार बस्नेतद्वारा जारी सुचना मार्फत आग्रह गरिएकाे छ ।

काेराेना महामारीकाे जाेखिम कम हुदै गएकाे अवस्थामा क्रमश निषेधाज्ञा खुकुलाे बनाउदै जाने जारी सुचना मार्फत नै जानकारी समेत गराइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...