वीरगंज । नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्कालाई मातृ शोक परेको छ ।
खोटाङ्ग जिल्ला दिप्रुङ गाउँपालिका वडा नं. ६ स्थायी घर भएका सचिव खड्काको ८३ वर्षिय आमा वशुंधरा खड्काको आज निधन भएको हाे ।
विभिन्न रोगबाट ग्रसित आमाको आज दिउसो १२ बजे निधन भएको खड्काले वताए । लामो समय देखि खड्का वीरगंज मै बसेर पत्रकारिता गर्दै आएका छन् ।


