Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले रच्यो इतिहास

spot_img
spot_img

भारतका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भयो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०÷१० रेटिङ  पाएको छ जो आफैंमा एउटा रेकर्ड हो । यसका साथै सुशान्तका प्रशंसकले ट्वीटरमा #DilBecharaCreatesHistory ट्रेन्ड पनि चलाएका छन् ।

सुशान्तको फिल्मको रेकर्ड तोड सफलता देखेर प्रयोगकर्ताले यसलाई ह्याशट्यागमार्फत् ट्वीट गर्न सुरु गरेका हुन् । हाल यो ह्याशट्यागमा चार हजार ट्वीट्ससहित १७ औं नम्बरमा छ  । फिल्म शुक्रबार बेलुका सात बजे रिलिज गरिएको हो । रिलिज हुने बित्तिकै जुन प्लेटफर्ममा फिल्म रिलिज हुनु थियो त्यो हेभी ट्राफिकका कारण क्र्याश भयो । सुरुमा यो फिल्मलाई आइएमडिबीले पूरा रेटिङ दिएपनि पछि यो रेटिङ ९.८ भएको छ । स्मरण रहोस्, सुशान्तको अन्तिम फिल्म दिल बेचारा कमल हासन र आर माधवनको सन् २००३ मा रिलिज भएको तमिल फिल्म अम्बे सिवमलाई पछि पार्दै आइएमडिबीको टप रेटेड इन्डियन मुभिजको सूचीमा शीर्ष स्थानमा पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...