26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा आरडिटी रिपाेर्ट पाेजिटिभ देखिएका एक व्यापारीकाे मृत्यु

वीरग‌ंज । वीरगन्जको नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डकमा आइतबार बिहान एक बृद्धकाे मृत्यु भएको छ।

वीरगन्ज- १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा बिहान ६:४० बजे मृत्यु भएको अस्पतालका संयाेजक डा. उदय नारायण सिंह जानकारी दिए।

मृतक वृद्धको आरडिटी रिपोर्ट पोजिटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाे संयाेजक डा. सिंहले जनाए ।

मृतक वृद्ध वीरगन्जको आदर्शनगरका व्यापारी हुन्।

पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा पठाइएको थियो।

त्यसपछि उनलाई आइतबार नै  वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

स्वास्थ्य अस्वथा जटिल बन्दै गएपछि वृद्धलाई शनिबार राति ८ बजे गण्डकस्थित काेराेना अस्पतालमा लगेर भर्ना गरिएको थियो।

राति ११ बजेतिर स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई कोभिड अस्पतालकै भेन्टिलेटरमा राखिएको उनको  मृत्यु भएको हो।

कोभिड अस्पतालमा भर्ना रहेका ५३ मध्ये ४ जना संक्रमितको अवस्था जटिल रहेको डाक्टर सिंहले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.769 sec. Memory consumption:81.49 mb